PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

गण्डकी प्रदेशको बजेट बहुमतले पारित



रासस

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

गण्डकीः गण्डकी प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रदेश सभाबाट पारित भएको छ।

आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले शुक्रबारको प्रदेश सभा बैठकमा विनियोजन विधेयक २०८० र आर्थिक विधेयक २०८० लाई पारित गर्नका लागि प्रस्तुत गरेका थिए। विधेयक बहुमतले पारित भएको हो।

आर्थिक मामिलामन्त्री आले मगरले प्रस्तुत गरेका दुवै विधेयकसम्बन्धी प्रस्तावलाई सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए। दुवै प्रस्तावका पक्षमा प्रदेश सभाको बहुमत देखिएकाले सभामुख धितालले बहुमतले विधेयक पारित भएको घोषणा गरेका थिए।

प्रदेश सभा सदस्य गोविन्दबहादुर नेपाली, यशोदा रिमाल, देवका पहाडी त्रिपाठीलगायत आठ जना प्रदेश सभा सदस्यले राखेको बजेट संशोधनको प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको थियो।

बजेट पारित हुनुअघि विनियोजन विधेयक र आर्थिक विधेयकमाथि प्रदेशसभामा दफाबार छलफल भएको थियो। सरकारले आगामी आवका लागि रु ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट ल्याएको छ। चालुतर्फ रु १२ अर्ब १३ करोड ६७ लाख र पूँजीगततर्फ रु २० अर्ब १९ करोड रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell