PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

एक लाख घुससहित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पक्राउ



रासस

एक लाख घुससहित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पक्राउ

लहान : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलवार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ।

पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन्। अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell