PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

  • नेपालगञ्जस्थित कारागारभित्रै कैदीले शौचालयमा झुण्डिएर गरे आत्महत्या

    नेपालगञ्जस्थित कारागारभित्रै कैदीले शौचालयमा झुण्डिएर गरे आत्महत्या

    जानकी : बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन्। जानकी गाउँपालिका-६ का २३ वर्षीय नीरज गुप्ताले बिहीवार बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए। मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए। घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए।

    विस्तृतमा पढ्नुस्

  • दोहरो नागरिकता लिएको अभियोगमा कञ्चनपुरमा दुईजना पक्राउ

    दोहरो नागरिकता लिएको अभियोगमा कञ्चनपुरमा दुईजना पक्राउ

    कञ्चनपुर : कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका-५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको हो। कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अघि…

    विस्तृतमा पढ्नुस्

  • दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिए

    दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिए

    बलेवा : बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन्। गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन्। ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट-११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मंगलवार साँझ बेपत्ता भएका थिए। उनलाई प्रहरीले पूर्वखोलाको बिच भागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • पहिरोका कारण बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध

    पहिरोका कारण बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध

    बलेवा : वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध भएको छ। बागलुङ नगरपालिका-१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ-कुश्मीशेरा सडक बन्द भएको हो। सोमवार रातिदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो। तीन वर्षअघिदेखि सुरु भएको पहिरोले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो। आइतवारको वर्षापछि पहिरोले उक्त सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • श्रीलङ्का उडे माधव नेपाल

    श्रीलङ्का उडे माधव नेपाल

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल श्रीलङ्का प्रस्थान गरेका छन्। श्रीलङ्कन कम्युनिष्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहाँ आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी सोमवार त्यसतर्फ प्रस्थान गरेका हुन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपाल त्यहाँ आयोजित दक्षिण एशियाली कम्युनिष्ट पार्टी तथा वामपन्थी पार्टीहरुको बैठकमा सहभागी हुने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

    पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

    मुग्लिन : पहिरोका कारण अवरुद्ध नारायगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना-५ स्थित तीन नम्बर पुलमा सोमवार बिहान पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। पहिरो पन्छाइ सडक दुईतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ ख ७१० नम्बरको ट्रकका चालकसमेत…

    विस्तृतमा पढ्नुस्

  • झापामा बढ्दै जङ्गली हात्तीको आक्रमण, फूल टिप्न गएकी वृद्धालाई सडकमै कुल्चियो

    झापामा बढ्दै जङ्गली हात्तीको आक्रमण, फूल टिप्न गएकी वृद्धालाई सडकमै कुल्चियो

    झापा : मेचीनगर नगरपालिका-१० मा सोमवार बिहान जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए। पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा सोमवार बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए। सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन्। झापामा छ दिनअघि मात्र…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

    नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

    चितवनः नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। शनिबार राति खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो। इच्छाकामना गाउँपालिका -५ तीन नम्बर पुलमा शनिबार राति ११:३० बजे गएको पहिरो पन्छाएपछि आइतबार साँझदेखि सडक सञ्चालनमा आएको हो। पहिरो खसेको १९ घण्टापछि सवारी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। डिभिजन सडक कार्यालय चितवनका अनुसार एक हजार दुई सयदेखि एक हजार पाँच…

    विस्तृतमा पढ्नुस्

  • मोर्चा कसैलाई एक्ल्याउन होइन : नेपाल

    मोर्चा कसैलाई एक्ल्याउन होइन : नेपाल

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताएका छन्। नेपाल नेवाः राष्ट्रिय सङ्घ (समाजवादी)को प्रथम बागमती प्रदेश कमिटी भेलामा अध्यक्ष नेपालले लामो जनसङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिविरुद्ध षड्यन्त्र भइरहेकाले समाजवादी मोर्चा निर्माण भएको बताए। मोर्चा कसैलाई एक्ल्याउनका लागि नभएको उनको दाबी छ। अध्यक्ष नेपालले आफ्नो तत्काल कुनै पार्टीसँग…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

    पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

    अर्घाखाँची : अविरल वर्षाका कारण गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको छ। सन्धिखर्क-६ नरपानीको बहखोरामा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। गोरुसिङ्गे सन्धिखर्क सडकको सन्धिखर्क-६ नरपानीकै दहखोला र शीतगङ्गा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी प्रमुख प्रनाउ रिजालले जानकारी दिए। सडक…

    विस्तृतमा पढ्नुस्

  • बाढीमा बेपत्ता एकजनाको शव १३ दिनपछि भेटियो, १९ जना अझै बेपत्ता

    बाढीमा बेपत्ता एकजनाको शव १३ दिनपछि भेटियो, १९ जना अझै बेपत्ता

    किमाथाङ्का : सङ्खुवासभाको हेवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ। टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए। चैनपुर नगरपालिका-११, दुम्कट्टामा बिहीवार साँझ शव फेला परेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फेला परेको शव खाँदबारी जिल्ला अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • जेठमा नयाँ राहदानी लिनेको सङ्ख्या हालसम्मकै उच्च

    जेठमा नयाँ राहदानी लिनेको सङ्ख्या हालसम्मकै उच्च

    काठमाडौं : पछिल्लो समय नयाँ राहदानी लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ। राहदानी विभागका अनुसार गत जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका छन्। त्यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन्। एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको हालसम्मकै यो उच्च भएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले जानकारी दिए। उनका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री भेट्न बालुवाटार पुगे तिमिल्सिना, चीन भ्रमणको गरे ब्रिफिङ

    प्रधानमन्त्री भेट्न बालुवाटार पुगे तिमिल्सिना, चीन भ्रमणको गरे ब्रिफिङ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन्। प्रचण्ड र तिमिल्सिनाबिच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान भेटवार्ता भएको हो। भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • भिरबाट लडेर गोरखामा एक जनाको मृत्यु

    भिरबाट लडेर गोरखामा एक जनाको मृत्यु

    गोरखा : भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका-७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतवार जङ्गलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जङ्गलमा सोमवार मृतावस्थामा फेला परेको बताए। ‘परिवारका सदस्यसहित स्थानीयवासी मिलेर खोजी गर्ने क्रममा वडा नम्बर ७ स्थित अमलेको जङ्गलमा रहेको बिखुरे भिरमा…

    विस्तृतमा पढ्नुस्

  • साउनदेखि काठमाडौं महानगरका अधिकांश सेवा अनलाइनबाट, शिक्षामा एक अर्ब बढी बजेट

    साउनदेखि काठमाडौं महानगरका अधिकांश सेवा अनलाइनबाट, शिक्षामा एक अर्ब बढी बजेट

    काठमाडौंः काठमाडौं महानगरपालिकले आगामी आर्थिक वर्षदेखि सबै सेवा अनलाइन प्रणालीमार्फत प्रदान गर्ने भएको छ। त्यसका लागि कामपाले रु १५ करोड बजेट विनियोजना गरेको छ। आइतबार आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्दै कामपाको उपप्रमुख सुनिता डङ्गोलले उक्त जानकारी गराइन्। ‘सुशासनका लागि अनलाइन सेवा’ भन्ने नाराका साथ उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको पनि  उपप्रमुख  सुनिता डङ्गोलले जानकारी दिइन्। त्यसैगरी, ‘महानगरले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महनगरमा कारोबार गर्दा कुनमा कति कर?

    काठमाडौं महनगरमा कारोबार गर्दा कुनमा कति कर?

    काठमाडौं : काठमाडौं महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ। आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ। महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको हो। काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयकअनुसार उत्पादनमूलक व्यवसाय तथा उद्योगमा हलुका पेयपदार्थ उद्योग घरेलुमा दर्ता भएका रु ५० हजार कर तिर्नुपर्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • नगरप्रमुख बिष्टविरुद्ध ३ करोड ३३ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारको मुद्दा

    नगरप्रमुख बिष्टविरुद्ध ३ करोड ३३ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारको मुद्दा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका, कञ्चनपुरका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्टसहित १२ जना विरुद्ध नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्राकृतिक स्रोतबाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा निजी व्यवसायीसँग मिलेर भ्रष्टाचार गरेको पाइएको छ। महाकाली नदीको नदीजन्य पदार्थको रोयल्टी शुल्क उठाउने…

    विस्तृतमा पढ्नुस्

  • नेपालको छैटौं हार, उज्वेकिस्तानले ३-० सेटमा हरायो

    नेपालको छैटौं हार, उज्वेकिस्तानले ३-० सेटमा हरायो

    काठमाडौं : किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो। उज्वेकिस्तानले नेपाललाई पहिलो सेट २५–२१ दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले पराजित गर्‍यो। प्रतियोगितामा नेपालको यो लगातार छैटौँ हार हो। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • पानी धारो खोले झै ग्याँसबाट खाना पकाउँदा...

    पानी धारो खोले झै ग्याँसबाट खाना पकाउँदा...

    देउखुरी : दाङको घोराही उपमहानगरपालिका–१६ करौँतीडाँडामा गल्ने फोहरबाट ग्यास र मल उत्पादन सुरु भएको छ। साथै उपमहानगरपालिले पाइप लाइनका माध्यमबाट ग्यास वितरण भने सुरु गरेको छ। करौँतीडाँडामा फोहरबाट ग्यास उत्पादन गरी पहिलो चरणमा प्रभावित क्षेत्रका ३५ घरपरिवारलाई निःशुल्करूपमा ग्यास वितरण गरिएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ४० प्रतिशत र नेपाल ऊर्जा विकास कम्पनी प्रालिको ६० प्रतिशत लगानीमा ग्यास उत्पादन परियोजना तयार…

    विस्तृतमा पढ्नुस्

  • घरको नक्सा पास गर्न अनिवार्य रुख रोप्‍नुपर्ने !

    घरको नक्सा पास गर्न अनिवार्य रुख रोप्‍नुपर्ने !

    चितवन : भरतपुर महानगरपालिकालाई हरियाली र स्वच्छ सहर बनाइने भएको छ। महानगरपालिकाको आज भएको १३औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर, हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई अघि बढाइने बताइन्। नीति तथा कार्यक्रममा सडक, मिडियन गार्डेन, सडक आइल्यान्ड, पार्क, मनोरञ्जनस्थल र खाली स्थान एवं चोकमा हरियाली वातावरण सिर्जना गरी मनमोहक तथा वातावरण मैत्री महानगर बनाउन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell