PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिए



रासस

दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिए

बलेवा : बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन्। गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन्।

ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट-११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मंगलवार साँझ बेपत्ता भएका थिए। उनलाई प्रहरीले पूर्वखोलाको बिच भागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell