PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

पहिरोका कारण बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध



रासस

पहिरोका कारण बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध
प्रतीकात्मक फाइल फोटो : रासस।

बलेवा : वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ-कुश्मीशेरा सडक अवरुद्ध भएको छ। बागलुङ नगरपालिका-१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ-कुश्मीशेरा सडक बन्द भएको हो।

सोमवार रातिदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो। तीन वर्षअघिदेखि सुरु भएको पहिरोले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो। आइतवारको वर्षापछि पहिरोले उक्त सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ।

सदरमुकाम बागलुङ बजारबाट बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन्। सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानले प्रयास गरिरहेका छन्। तर सोही पहिरोका कारण करिडोरसमेत अवरुद्ध छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell