PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

झापामा बढ्दै जङ्गली हात्तीको आक्रमण, फूल टिप्न गएकी वृद्धालाई सडकमै कुल्चियो



रासस

झापामा बढ्दै जङ्गली हात्तीको आक्रमण, फूल टिप्न गएकी वृद्धालाई सडकमै कुल्चियो
फाइल फोटो।

झापा : मेचीनगर नगरपालिका-१० मा सोमवार बिहान जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए।

पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा सोमवार बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए। सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन्।

झापामा छ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका-२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो। डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell