PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • भदौ मसान्तसम्म सडक खन्न रोक

    भदौ मसान्तसम्म सडक खन्न रोक

    काठमाडौं : सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले शुक्रवारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ। उक्त कार्यालयले एक सूचना प्रकाशन गरी वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पहिलेकै अवस्थामा ल्याउन गाह्रो पर्ने भएकाले सडक खन्न रोक लगाइएको जनाएको छ। सूचनामा भनिएको छ, ‘सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गतका सडक डिभिजन…

    विस्तृतमा पढ्नुस्

  • श्रीमानको कुटाइबाट घाइते वडा सदस्यको मृत्यु

    श्रीमानको कुटाइबाट घाइते वडा सदस्यको मृत्यु

    बनेपा : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार श्रीमान कुटाइबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहिवार बिहान मृत्यु भएको हो। श्रीमान् शम्भु विकले जेठ २९ गते राति १० बजे मादकपदार्थ सेवन गरी कुटपिट गरेका थिए।  विकको शव परीक्षणका लागि धुलिखेल…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभाको बैठक बस्दै, राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गरिने

    वाग्मती प्रदेशसभाको बैठक बस्दै, राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गरिने

    हेटौंडा : वाग्मती प्रदेशसभाको बैठक बिहीवार दिउँसो २ बजे बस्ने भएको छ। बैठकमा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्ने  छन्। उक्त बैठकमा सो सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भई आ-आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। आगामी असार १ गते बस्ने प्रदेशसभाको बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

    राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहेका उनी आज बिहान डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए। डा अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • बोराभित्र मृत भेटिएकी महिलाको भयो सनाखत, एक जना पक्राउ

    बोराभित्र मृत भेटिएकी महिलाको भयो सनाखत, एक जना पक्राउ

    दमौली : तनहुँको व्यास नगरपालिका-४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ। मंगलवार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५-३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाणले मृतक महिला व्यास नगरपालिका-१४ छाब्दी निवासी रहेको जानकारी दिए। उक्त…

    विस्तृतमा पढ्नुस्

  • जहाँ विवाह गर्न अनिवार्य बनाइयो वडाको सिफारिस...

    जहाँ विवाह गर्न अनिवार्य बनाइयो वडाको सिफारिस...

    जाजरकोट : जाजरकोटको कुशे गाउँपालिका-९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ। बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो। वडाध्यक्ष शिवराज गिरीले भने, ‘बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ।’ विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति…

    विस्तृतमा पढ्नुस्

  • बाढीले कल्भर्ट बगाएपछि बेनी-जोमसोम सडक अवरुद्ध

    बाढीले कल्भर्ट बगाएपछि बेनी-जोमसोम सडक अवरुद्ध

    म्याग्दी : बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि बेनी-जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले जानकारी दिए। बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बिच बाटोमै रोकिएका…

    विस्तृतमा पढ्नुस्

  • रक्तदातालाई धन्यवाद दिने दिन : विश्व रक्तदाता दिवस मनाइँदै

    रक्तदातालाई धन्यवाद दिने दिन : विश्व रक्तदाता दिवस मनाइँदै

    काठमाडौं : आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्। यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारे सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ। रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ। यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन…

    विस्तृतमा पढ्नुस्

  • अस्थायी पुलबाट चिप्लिएर एक किशोर तिला नदीमा बेपत्ता

    अस्थायी पुलबाट चिप्लिएर एक किशोर तिला नदीमा बेपत्ता

    जुम्ला : जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक किशोर तिला नदीमा बेपत्ता भएका छन्। मंगलवार बिहान ६ बजेतिर सो गाउँपालिका-६ घोडे गाउँका कर्णबहादुर रोकायाका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए। तिला-१ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने…

    विस्तृतमा पढ्नुस्

  • बढ्दैछ अवैध रासायनिक मल भित्रिने क्रम

    बढ्दैछ अवैध रासायनिक मल भित्रिने क्रम

    रामपुर (पाल्पा) : गत शनिवार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेला परेको थियो। नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइयो। सोमवार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा ‘शिल’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • गोंगबुको होटलमा एक जोडी झुन्डिएको अवस्थामा फेला

    गोंगबुको होटलमा एक जोडी झुन्डिएको अवस्थामा फेला

    काठमाडौँ : गोंगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन्। टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा सोमवार बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए। मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की…

    विस्तृतमा पढ्नुस्

  • बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

    बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौं : बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर सोमवार बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो। बिछिया केन्द्रविन्दु भएर यसअघि पनि पटक-पटक भूकम्प गएको थियो। यसअघि यही जेठ १४ मा सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको…

    विस्तृतमा पढ्नुस्

  • उखु खेतमै सुक्न थालेपछि चिन्तित छन् कञ्चनपुरका किसान

    उखु खेतमै सुक्न थालेपछि चिन्तित छन् कञ्चनपुरका किसान

    बेदकोट : कञ्चनपुरको लालझाडी गाउँपालिका-३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन्। उनले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गरेका छन्। केही दिनयता खेतको उखु सुक्न थालेको छ। त्यसैले खेतको उखु सिँचाइ गर्नैमा दिन बित्छ उनको। ‘पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ’, उनले भने, ‘खेती जोगाउन हम्मेहम्मे…

    विस्तृतमा पढ्नुस्

  • मोतियाविन्दुको निःशुल्क शल्यक्रियापछि पुनः दृष्टि फर्किदा ...

    मोतियाविन्दुको निःशुल्क शल्यक्रियापछि पुनः दृष्टि फर्किदा ...

    काठमाडौं : नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिमका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। ती दुई निकायले डोटीको दुई र अछामको एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेका हुन्। आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको सङ्घले जनाएको छ। पहुँच र पैसाको अभावमा कोही…

    विस्तृतमा पढ्नुस्

  • कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बस्ने

    कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बस्ने

    विराटनगर : कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधावार दिउँसो १ बजे बस्ने भएको छ। जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए। कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा कोरलिन थाले गोहीका बच्चा

    चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा कोरलिन थाले गोहीका बच्चा

    चितवन : चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २० वटा गोहीका बच्चा कोरलिएका छन्। केन्द्रको गुँड नम्बर २ मा राखिएको ३७ वटा अण्डामध्येबाट बीस वटालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा जन्माइएको हो। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार ती अण्डाबाट जेठ २४ गते बच्चा कोरलिएका हुन्। केन्द्रले बैशाख ८ गते राप्ती नदीको सीतामाइदेखि सौराहासम्म आठ वटा…

    विस्तृतमा पढ्नुस्

  • दशकअघि नै खुला दिसामुक्त जिल्ला घोषणा भएको बागलुङका ८६५ घरमा अझै छैन शौचालय

    दशकअघि नै खुला दिसामुक्त जिल्ला घोषणा भएको बागलुङका ८६५ घरमा अझै छैन शौचालय

    गलकोट : बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएको दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन। खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ। सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले जनाएको छ। जिल्लामा रहेका ६४…

    विस्तृतमा पढ्नुस्

  • आबुखैरेनीमा एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु

    आबुखैरेनीमा एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु

    तनहुँ : आबुखैरेनी गाउँपालिका-५ रसौलीमा आइतवार एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो। आबुखैरेनी-२ मार्किचोकबाट चितवनका लागि दुई सय २० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। आबुखैरेनी-५ रसौलीबाट ग ३ क ३९७४ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • दाइजोको निहुँमा हुने हिंसा कायमै, सर्लाहीमा दुई महिलाको भयो वीभत्स हत्या

    दाइजोको निहुँमा हुने हिंसा कायमै, सर्लाहीमा दुई महिलाको भयो वीभत्स हत्या

    सर्लाही : दाइजोलाई लिएर सर्लाहीका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ। सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ३ स्थित फरहदवा र वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो। वडा नम्बर ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • मनसुन भित्रिन नेपालमा बन्दैछ अनुकूल वातावरण

    मनसुन भित्रिन नेपालमा बन्दैछ अनुकूल वातावरण

    काठमाडौं : पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो। गर्मीका कारण तराई-मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसददेखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए। सबैको एउटै जिज्ञासा थियो गर्मी कहिलेदेखि कम हुन्छ। अब केही दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दैछ। नेपालमा मनसुन भित्रिने समय (जेठ ३०) नजिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell