PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

वाग्मती प्रदेशसभाको बैठक बस्दै, राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गरिने



रासस

वाग्मती प्रदेशसभाको बैठक बस्दै, राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गरिने

हेटौंडा : वाग्मती प्रदेशसभाको बैठक बिहीवार दिउँसो २ बजे बस्ने भएको छ।

बैठकमा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्ने  छन्। उक्त बैठकमा सो सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भई आ-आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

आगामी असार १ गते बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री लामाले आव २०८०/८१ का लागि बजेट प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell