PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बस्ने



रासस

कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बस्ने

विराटनगर : कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधावार दिउँसो १ बजे बस्ने भएको छ। जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell