PahiloPost

Jan 11, 2026 | २७ पुष २०८२

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प



रासस

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प
प्रतीकात्मक फाइल फोटो।

काठमाडौं : बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर सोमवार बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो। बिछिया केन्द्रविन्दु भएर यसअघि पनि पटक-पटक भूकम्प गएको थियो।

यसअघि यही जेठ १४ मा सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी रहेको जनाइएको छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell