PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अस्थायी पुलबाट चिप्लिएर एक किशोर तिला नदीमा बेपत्ता



रासस

अस्थायी पुलबाट चिप्लिएर एक किशोर तिला नदीमा बेपत्ता
प्रतीकात्मक फाइल फोटो।

जुम्ला : जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक किशोर तिला नदीमा बेपत्ता भएका छन्।

मंगलवार बिहान ६ बजेतिर सो गाउँपालिका-६ घोडे गाउँका कर्णबहादुर रोकायाका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।

तिला-१ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्। तिला नदीको पानी धमिलो भएकाले खोज्न समस्या भएको तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell