PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • भारतमा सवारी दुर्घटनामा परी चार नेपालीको मृत्यु

    भारतमा सवारी दुर्घटनामा परी चार नेपालीको मृत्यु

    दोधारा चाँदनी : भारतको उत्तराखण्डस्थित चक्करपुरमा सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ। शनिवार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ-बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले…

    विस्तृतमा पढ्नुस्

  • भारतको उज्जैनबाट ल्याएको जल चढाउन मन्त्रीसहित पशुपति पुगे प्रधानमन्त्री प्रचण्ड

    भारतको उज्जैनबाट ल्याएको जल चढाउन मन्त्रीसहित पशुपति पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाउन शनिबार प्रधानमन्त्री प्रचण्ड मन्दिर पुगेका हुन्। उनलाई पशुपतिमा संस्कृतिमन्त्री सुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले स्वागत गरेका थिए। पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री दाहालसँगै भारत भ्रमणको समूहमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी…

    विस्तृतमा पढ्नुस्

  • महाकाली नदीको किनारमा भेटियो एक पुरुषको शव

    महाकाली नदीको किनारमा भेटियो एक पुरुषको शव

    बैतडी : बैतडीको महाकाली किनारमा शनिवार एक पुरूषको शव फेला परेको छ। शिवनाथ गाउँपालिका-२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको हो। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

    विस्तृतमा पढ्नुस्

  • गर्मी बढेसँगै कैदीबन्दीमा देखिन थाल्यो छालाको समस्या

    गर्मी बढेसँगै कैदीबन्दीमा देखिन थाल्यो छालाको समस्या

    चितवन : जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ। गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो। कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो। बसाइँ साँघुरो हुँदा पसिनाका कारण दाद, पिलोलगायतका समस्या देखिएको उनले बताए। विगत १५ दिनदेखि यो समस्या बढ्दै गएको उनले जानकारी दिए। गर्मी बढेसँगै छाला…

    विस्तृतमा पढ्नुस्

  • गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा बन्द भए विद्यालय

    गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा बन्द भए विद्यालय

    गोरखा : गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ। गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विद्यालयमा पठनपाठन बन्द गरेको छ। गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका प्रमुख विवस चिन्तनले जानकारी दिए। ‘गर्मी ह्वात्तै बढेर बालबालिकाको स्वास्थ्यमा समेत…

    विस्तृतमा पढ्नुस्

  • कुष्ठरोगीको उपचारका लागि हरियोखर्क अस्पतालमा ‘आइलिन एण्ड बेट्टी’ सेन्टर

    कुष्ठरोगीको उपचारका लागि हरियोखर्क अस्पतालमा ‘आइलिन एण्ड बेट्टी’ सेन्टर

    कास्की : इन्टरनेशनल नेपाल फेलोसिप (आइएनएफ)ले पोखराको नयाँगाउँस्थित हरियोखर्क अस्पतालमा आइलिन एण्ड बेट्टी सेन्टर भवनको स्थापना गरेको छ। कुष्ठरोगका बिरामीको उपचारमा थप सहजताका लागि हरियोखर्क अस्पतालले सो भवन निर्माण गरी शुक्रवारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो। विसं २०१४ मा कुष्ठरोग प्रभावितको स्वास्थ्य समस्या तथा उपचार केन्द्रका लागि नयाँ गाउँमा हरियोखर्क अस्पताल निर्माण गर्ने तत्कालीन बेलायती नागरिक आइलिन लज र बेट्टी…

    विस्तृतमा पढ्नुस्

  • बाघ हेर्न बर्दियामा : निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो

    बाघ हेर्न बर्दियामा : निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो

    बर्दिया : गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए। राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि बाघ हेर्नकै लागि पर्यटक बर्दिया आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ। अघिल्लो आवमा एक…

    विस्तृतमा पढ्नुस्

  • माछा मार्न करेन्ट लगाउने क्रममा एक युवकको मृत्यु

    माछा मार्न करेन्ट लगाउने क्रममा एक युवकको मृत्यु

    मुगु : खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर उनको मुत्यु भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका-१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका-४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रवार मृत्यु भएको हो। ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भामको दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • हवाई टिकटमा भ्याट : पर्यटन व्यवसाय 'फ्याट फ्याट...'

    हवाई टिकटमा भ्याट : पर्यटन व्यवसाय 'फ्याट फ्याट...'

    काठमाडौं : पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने निर्णयले व्यवसायी मारमा परेको बताएका छन्। पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा प्रकाशशरण महतले जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने नीति सार्वजनिक गरेको भन्दै उक्त नीतिले पर्यटन…

    विस्तृतमा पढ्नुस्

  • तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

    तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

    काठमाडौं : तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौं उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको छ। यस अवधिसम्ममा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौं उपत्यकामा सात दशमलव ६८ प्रतिशत र पहाडमा सात दशमलव ५७…

    विस्तृतमा पढ्नुस्

  • मुर्रा राँगा नेपाल आइपुग्न अझै कति समय लाग्छ?

    मुर्रा राँगा नेपाल आइपुग्न अझै कति समय लाग्छ?

    ललितपुर : भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ वटा मुर्रा जातको राँगाबारे देशभर चर्चा छ। तर भारतबाट राँगा नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ। नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ। नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु…

    विस्तृतमा पढ्नुस्

  • लिम्पियाधुरा, लिपुलेक कसैले खोसेर लैजान सक्दैन : गगन थापा

    लिम्पियाधुरा, लिपुलेक कसैले खोसेर लैजान सक्दैन : गगन थापा

    मोरङ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो साँस्कृतिक नक्सा जारी गरी हक खोज्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा बिहीवार पत्रकारसँग कुरा गर्दै थापाले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताए। उक्त अवसरमा उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पारे। उनले कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • वडाध्यक्ष राम शर्मा महिनाको दुई दिन कहाँ हुन्छन् गायब?

    वडाध्यक्ष राम शर्मा महिनाको दुई दिन कहाँ हुन्छन् गायब?

    पर्वत : पर्वतको कुश्मा नगरपालिका-९ का वडाध्यक्ष राम शर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिन्नन्। उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएका होइनन्। हरेक महिनाको दुई दिन लामिछाने खेतबारी रुँगेर बस्छन्। यसको कारण हो बाँदर धपाउन। लामिछाने मात्र हैन कुश्मा नगरपालिका-९ का १५ परिवारको एउटै फाँट रहेको छ। ती फाँटमा लगाइएका मकै जोगाउन…

    विस्तृतमा पढ्नुस्

  • चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले देखाए चासो

    चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले देखाए चासो

    पाँचथर : नेपाल-भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्। मंगलवार चिवाभञ्ज्याङको भ्रमण गरेका उनले भारत र नेपाललाई फाइदा पुग्ने गरी सो नाका खोल्न प्रदेश सरकार लागिपरेको बताए। ‘चिवाभञ्ज्याङ नाकाबाट कसरी फाइदा लिन सकिन्छ लागिपरेको छु’, मुख्यमन्त्री तामाङले भने, ‘मैले बारम्बार नीति आयोगको सभामा यो विषय उठाउने गरेको छु।’   भारतको केन्द्रीय सरकारसित चिवाभञ्ज्याङमा नाका…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा एक लाख १४ हजार बढी बालबालिकालाई दादुरा-रुबेला खोप दिइने

    कञ्चनपुरमा एक लाख १४ हजार बढी बालबालिकालाई दादुरा-रुबेला खोप दिइने

    महेन्द्रनगर : कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि बिहीवारदेखि दादुरा-रुबेला खोप अभियान सञ्चालन हुँदैछ। खोप अभियानअन्तर्गत कञ्चनपुरमा एक लाख १४ हजार छ सय २३ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए। बुधवार कञ्चनपुरको महेन्द्रनगरमा दादुरा रुबेला खोप अभियानबारे सरोकारवाला निकायसित छलफलसमेत गरिएको थियो। बिहीवारदेखि सुरु हुने खोप अभियान जेठ मसान्तसम्म सञ्चालन हुने…

    विस्तृतमा पढ्नुस्

  • सूर्यविनायकका स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब

    सूर्यविनायकका स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब

    भक्तपुर : भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित रहेका छन्। सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन्। चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वसन्त…

    विस्तृतमा पढ्नुस्

  • दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत घटाउन भरतपुरमा ‘साइलेज’ उद्योग

    दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत घटाउन भरतपुरमा ‘साइलेज’ उद्योग

    भरतपुर : दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा ‘साइलेज’ उद्योग सञ्चालनमा ल्याइएको छ। भरतपुर महानगरपालिका-१३ चम्पानगरस्थित उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा उत्पादन थालेको हो। दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई ‘साइलेज’ भनिन्छ। पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईबस्तुका लागि निकै लाभदायक मानिन्छ। ‘साइलेज’लाई मेसिन (साइलेज ब्यालर)बाट नै प्लाष्टिकमा प्याकिङ गरिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा आउन छाड्यो पानी

    मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा आउन छाड्यो पानी

    काठमाडौंः राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ। तर यो वास्तविकता हो । विसं २०७७ चैत २० गते शुक्रबार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा मेलम्चीको पानी वितरण यही धारामा पानी खोलेर गरेकी थिइन्। त्यसबेला कार्यक्रम सञ्चालकले अब सधैँ यो धाराबाट पिउने पानी पाइने उद्घोष गरेका थिए। तर अहिले त्यो धारामा पानी…

    विस्तृतमा पढ्नुस्

  • ३२ दिनपछि फेला पर्‍यो हिमपहिरोमा बेपत्ता भएकाहरुको शव

    ३२ दिनपछि फेला पर्‍यो हिमपहिरोमा बेपत्ता भएकाहरुको शव

    मुगु : हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन्। मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका-२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमवार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए। मुगुको मुगुम कार्मारोङ गाउँपालिका-२ च्यार्खु…

    विस्तृतमा पढ्नुस्

  • राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधानले बढ्दै महिलाको नाममा भू-स्वामित्व

    राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधानले बढ्दै महिलाको नाममा भू-स्वामित्व

    रसुवा : मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू-स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ। महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै पारिवारिकरूपमा हुने विभेद हटाउन सरकारले विगत लामो समयदेखि राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्चात् रसुवामा पछिल्लो समय महिलाको नाममा भू-स्वामित्व बढ्न थालेको हो। राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क मङ्गलवार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell