PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • कर्णालीमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी

    कर्णालीमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी

    सुर्खेत : कर्णाली प्रदेशमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत कर्णाली प्रदेशस्तरीय नतिजामा प्रदेशमा अझैपनि २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेको पाइएको हो। सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा रहेको कूल जनसङ्ख्या १६ लाख ८८ हजार चार सय १२ मध्ये २४ प्रतिशत अर्थात चार लाख पाँच हजार दुई…

    विस्तृतमा पढ्नुस्

  • धुलो उडेर आजित भएपछि दमौलीका स्थानीयले गरे सडक अवरुद्ध

    धुलो उडेर आजित भएपछि दमौलीका स्थानीयले गरे सडक अवरुद्ध

    दमौली : पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारले गर्दा धुलोले समस्या भएको भन्दै तनहुँको सदरमुकाम दमौलीका स्थानीयले केही बेर सडक अवरुद्ध गरेका छन्। धुलोले दैनिक जनजीवन प्रभावित भएको र धुलो नियन्त्रणका लागि सम्बन्धित निकायले पहल नगरेको भन्दै स्थानीयले बिहीवार मुख्य सडकखण्ड केही बेर अवरुद्ध गरेका हुन्। धुलोका कारण स्वास्थ्यमा समस्या बढ्दै गएको र सम्बन्धित निकायले पानी हालेर धुलो नियन्त्रण नगरेका…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लगाएर माछा मार्दा युवकको मृत्यु, सँगै गएका साथीहरुविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा

    करेन्ट लगाएर माछा मार्दा युवकको मृत्यु, सँगै गएका साथीहरुविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा

    तनहुँ : तनहुँमा तीन युवकविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ। म्याग्दे गाउँपालिका-६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे-३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता गरिएको हो। गत आइतवार म्याग्दे गाउँपालिका-६ अकलास्थित म्याग्दे खोलामा साथीहरुसित करेन्ट लगाएर माछा मार्ने क्रममा म्याग्दे-६ का २१ वर्षीय विमल थापाको ज्यान गएको थियो। उनको मृत्यु भएपछि उक्त…

    विस्तृतमा पढ्नुस्

  • भारतसित जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग गर्दै प्रधानमन्त्री कार्यालयलाई पत्र

    भारतसित जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग गर्दै प्रधानमन्त्री कार्यालयलाई पत्र

    पाँचथर : पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका-१ चिवाभञ्ज्याङ नाका खोल्न स्थानीयले माग गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न माग गरिएको हो। नाका खोल्न माग गर्दै याङवरक गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ। नाका सञ्चालनमा नआउँदा नेपाल-भारत (सिक्किम) आवतजावत गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले बताए। स्थानीय उत्पादन…

    विस्तृतमा पढ्नुस्

  • आज विश्व दूध दिवस मनाइँदै

    आज विश्व दूध दिवस मनाइँदै

    काठमाडौं : बिहीवार २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा बिहीवार विभिन्न कार्यक्रम गर्दैछन्। विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने

    नारायणगढ-मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने

    चितवन : नारायणगढ-मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन्। सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन्। नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र बालुवा पुल यसै महिनाबाट सञ्चालनमा आउने गरी काम भइरहेको छ। सेतीदोभानको पुलमा रङ्ग लगाउन र बाह्य भागमा रेलिङ्…

    विस्तृतमा पढ्नुस्

  • आज वाग्मती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

    आज वाग्मती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

    मकवानपुर : वाग्मती प्रदेशसभा बैठक बुधवार बस्दैछ। बैठक बुधवार अपराह्न १:०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। उक्त बैठकमा गत जेठ १४ गते प्रस्तुत भएको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। जेठ १४ गते बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आवको नीति तथा कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टर दुर्घटना हुँदा सहचालक रहेका बालकको मृत्यु

    ट्र्याक्टर दुर्घटना हुँदा सहचालक रहेका बालकको मृत्यु

    सिन्धुली : सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ अमलेमा बुधवार ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ। बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज १ त ९९४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका-२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो। उनी ट्र्याक्टरका सहचालक थिए। मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट चितवनमा एक साइकलयात्रीको मृत्यु

    ट्रकको ठक्करबाट चितवनमा एक साइकलयात्रीको मृत्यु

    चितवन : पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका-४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ। ट्रकको ठक्करबाट राप्ती-४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो। लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३-००१ख १८६३ नम्बरको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो। ट्रक चालकलाई…

    विस्तृतमा पढ्नुस्

  • तुलसी बिजारोपण गरेर निर्जला एकादशी व्रत गरिँदै

    तुलसी बिजारोपण गरेर निर्जला एकादशी व्रत गरिँदै

    महोत्तरी : मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा बुधवार धार्मिक र औषधीय गुणयुक्त वनस्पति तुलसीको बीज छर्दै निर्जला एकादशी पर्व मनाइँदैछ। जेष्ठ शुक्ल एकादशीमा तुलसीको बीउ छरेर पानीसमेत नखाई व्रत गर्ने परम्पराअनुसार बुधवार मैथिल (मिथिलाका बासिन्दा) यो पर्व मनाइरहेका छन्। पूर्वीय दर्शन परम्पराको मैथिल चलनमा जेष्ठ शुक्लपक्ष लाग्नासाथ दशहारास्नान मेला प्रारम्भ हुन्छ। जेष्ठ शुक्ल दशमीका दिनसम्म विभिन्न तीर्थस्थलमा स्नान गरी दशमीकै दिन…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    बाँकेमा बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    काठमाडौंः बाँकेको राप्तीसोनारी गाउँपालिका ८ ठुडिया खोला नजिकै बुधबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नंको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ नंको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ। दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको…

    विस्तृतमा पढ्नुस्

  • शरणार्थी प्रकरणः थप तीन अभियुक्तको बयान सुरु

    शरणार्थी प्रकरणः थप तीन अभियुक्तको बयान सुरु

    काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ। काठमाडौँ जिल्ला अदालतमा आरोपित इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन सुरु भएको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन सुरु गरिएको बताइएको छ। इन्द्रजित राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उनलाई…

    विस्तृतमा पढ्नुस्

  • भिरबाट लडेका आमा-छोराको उपचारका क्रममा मृत्यु

    भिरबाट लडेका आमा-छोराको उपचारका क्रममा मृत्यु

    धादिङ : धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमवार घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन्। दुवैजनाको उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • कपडा र ३५ सय रुपैयाँ लिएर सुत्केरी खोज्दै घर-घरमा जनप्रतिनिधि

    कपडा र ३५ सय रुपैयाँ लिएर सुत्केरी खोज्दै घर-घरमा जनप्रतिनिधि

    गोलबजार : सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ। जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र तीन हजार पाँच सय रुपैयाँ लिएर पुग्दा स्थानीय महिला खुसी भएका हुन्। सुरक्षित मातृत्वका लागि गर्भवतीलाई चार चरणमा स्वास्थ्य परीक्षण गराउनुपर्छ। बर्थिङ सेन्टरमा सुत्केरी गराउन उत्प्रेरीत गर्ने उद्देश्यले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको नवराजपुर गाउँपालिका उपाध्यक्ष पुनम कुमारी यादवले बताइन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • जनताले अधिकारको सहज प्रयोग गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दीगो हुँदैन : प्रधानमन्त्री

    जनताले अधिकारको सहज प्रयोग गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दीगो हुँदैन : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताएका छन्। शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘संविधान…

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्र दिवसमा राष्ट्रपतिको शुभकामना : बारम्बारको नयाँ प्रयोग राष्ट्रले अब धान्न सक्दैन

    गणतन्त्र दिवसमा राष्ट्रपतिको शुभकामना : बारम्बारको नयाँ प्रयोग राष्ट्रले अब धान्न सक्दैन

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले दिएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने…

    विस्तृतमा पढ्नुस्

  • जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

    जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

    काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार केही बेरअघि जसपाको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो। उनका अनुसार आइतवारको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिनेछ।

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दु भएर भूकम्प

    सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौं : सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु…

    विस्तृतमा पढ्नुस्

  • चामबासका पहिरो विस्थापितको १०औँ ज्ञापनपत्र : ‘हामी कहाँ गएर बस्ने प्रमुख जिल्ला अधिकारीज्यू?’

    चामबासका पहिरो विस्थापितको १०औँ ज्ञापनपत्र : ‘हामी कहाँ गएर बस्ने प्रमुख जिल्ला अधिकारीज्यू?’

    मलेखु : धादिङको गजुरी गाउँपालिका-२ चामबासका पहिरो विस्थापितले १०औँ पटक जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। विस्थापित बनेको पाँच वर्षमा यहाँका स्थानीयले ज्ञापनपत्र बुझाएको यो १०औँ पटक हो। विस्थापितले शुक्रवार बुझाएको ज्ञापनपत्रमार्फत बाध्यता र प्रश्नसहित आफ्ना पीडा प्रशासनसामु व्यक्त गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘हावाहुरी र पानी आउँदा ठूला मान्छे जोगिन कठिन छ, बालबालिका कसरी जोगाउने? एउटा टेन्टमा छ/सात जनासम्मको…

    विस्तृतमा पढ्नुस्

  • ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’मा सहभागी हुन माधव नेपाल न्युजिल्याण्ड प्रस्थान

    ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’मा सहभागी हुन माधव नेपाल न्युजिल्याण्ड प्रस्थान

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल न्युजिल्याण्ड प्रस्थान गरेका छन्। न्युजिल्याण्डको अकल्याण्ड शहरमा सोमवार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’मा सहभागी हुन उनी शुक्रवार त्यसतर्फ प्रस्थान गरेका हुन्। तेञ्जिङनोर्गे शेर्पा र एडमिन हिलारीले पहिलो पटक सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेका अवसरमा सोमवार न्युजिल्याण्डमा आयोजना गरिने सभालाई अध्यक्ष नेपालले विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्ने जनाइएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell