PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • रुकुम पश्चिममा जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर

    रुकुम पश्चिममा जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर

    रुकुम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा बिहीवार भएको जिप दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते भएका छन्। प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ। अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ। जिपमा १५ जना सवार थिए। सानीभेरी गाउँपालिका-५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको…

    विस्तृतमा पढ्नुस्

  • बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई १० लाख

    बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई १० लाख

    बेदकोट : कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका-८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बाघपीडित परिवारलाई १० लाख रुपैयाँ राहत रकम हस्तारण गरेका छन्। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियमानुसार पाउने राहत रकम मृतकका परिवारलाई हस्तान्तरण…

    विस्तृतमा पढ्नुस्

  • पाँचखाल खानेपानी आयोजनाको काम ८५ प्रतिशत : सात हजार घरमा पानी पुर्‍याइने

    पाँचखाल खानेपानी आयोजनाको काम ८५ प्रतिशत : सात हजार घरमा पानी पुर्‍याइने

    काभ्रे : सात हजारलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्र बनाइएको छ। विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका सात हजार घरमा खानेपानी पुर्‍याउने लक्ष्य लिइएको जनाइएको छ। विसं २०७६ भदौ १२ गते सम्झौता गरिएको परियोजनाको २०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी…

    विस्तृतमा पढ्नुस्

  • बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक गरियो मेरुदण्डको शल्यक्रिया

    बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक गरियो मेरुदण्डको शल्यक्रिया

    गलकोट : बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ। मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधवार शल्यक्रिया गरिएको हो। धवलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायतको चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिए। ‘यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया…

    विस्तृतमा पढ्नुस्

  • सरकारले कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध परे १७ सय उजुरी

    सरकारले कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध परे १७ सय उजुरी

    जलेश्वर : सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार सात सय ३४ उजुरी दर्ता भएका छन्। सरकारले अध्यादेश ल्याउँदै अनुचित लेनदेन (मिटरब्याज) गरेका व्यक्तिलाई कारबाही गर्ने भन्दै पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन समय दिएपछि अहिले महोत्तरीमा मिटरब्याजीविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड

    सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन्। नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले आफू कुमाल समुदायसहित नेपालका सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताए।  ‘सानो सङ्ख्यामा रहे पनि नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा कुमाल समुदायको महत्वपूर्ण भूमिका छ। यो…

    विस्तृतमा पढ्नुस्

  • मनोहरा क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा हटाइँदै

    मनोहरा क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा हटाइँदै

    भक्तपुर : मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संचना हटाउन सुरु गरेको छ। सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु गरेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिए। आयोजनाभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भर्‍याङ, पर्खाललगायतका संचना हटाउन सातदिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता…

    विस्तृतमा पढ्नुस्

  • वनभोज खान गएका दुई युवतीको नदीमा डुबेर मृत्यु

    वनभोज खान गएका दुई युवतीको नदीमा डुबेर मृत्यु

    खजुरा : बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ। डुडुवा गाउँपालिका-४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मंगलवार साँझ डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • बर्दघाटस्थित राष्ट्रिय आवास कम्पनीको जग्गामा बन्ने भयो ट्रमा सेन्टर

    बर्दघाटस्थित राष्ट्रिय आवास कम्पनीको जग्गामा बन्ने भयो ट्रमा सेन्टर

    नवलपरासी : नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)को बर्दघाटमा ट्रमा सेन्टर बनाउन आवश्यक जग्गा सुनिश्चित गरिएको छ। बर्दघाट नगरपालिका-२ चिसापानीस्थित राष्ट्रिय आवास कम्पनीको नाममा रहेको कुल आठ बिघा दुई कठ्ठा १२ धुर जग्गामध्ये एक बिघा १० कठ्ठा जग्गामा ५० शय्याको ट्रमा सेन्टर बनाइने भएको छ। बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीबिच ट्रमा सेन्टर बनाउनका लागि जग्गाको सम्झौता भएको छ। कम्पनीसँग भाडामा लिइएको सो जग्गामा…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि, नीति तथा कार्यक्रममा छलफल हुने

    कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि, नीति तथा कार्यक्रममा छलफल हुने

    सुर्खेत : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन बुधवारदेखि सुरु हुने भएको छ। पहिलो अधिवेशन गत बैशाख १७ गते अन्त्य भएको थियो। कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बुधवार दिउँसो ३…

    विस्तृतमा पढ्नुस्

  • बझाङको दौलीचौर केन्द्रविन्दु भएर गयो भूकम्प

    बझाङको दौलीचौर केन्द्रविन्दु भएर गयो भूकम्प

    काठमाडौं : सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर बुधवार बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी…

    विस्तृतमा पढ्नुस्

  • पनौतीमा ज्याः पुन्हीको तयारी : हिलेजात्रा मनाउनुको कारण के?

    पनौतीमा ज्याः पुन्हीको तयारी : हिलेजात्रा मनाउनुको कारण के?

    काभ्रे : 'जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले कहिल्यै सुख पाउँदैन', स्थानीय बूढापाकाको भनाइमा काभ्रेपलाञ्चोकको पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य छ। त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी। जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो। जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई ज्याःपुन्ही (हिले जात्रा) भनिन्छ। जात्रा मनाएको…

    विस्तृतमा पढ्नुस्

  • बजेट अभावमा पूरा हुन सकेन चितवनको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र

    बजेट अभावमा पूरा हुन सकेन चितवनको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र

    चितवन : चितवन उद्योग सङ्घले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बजेट अभावका कारण पूरा हुनसकेको छैन। विसं २०७३ असार ३१ गते जग्गा भाडामा लिई निर्माण सुरु गरिएको सो प्रदर्शनी केन्द्र बजेट अभावका कारण अहिलेसम्म पूरा हुन नसकेको हो। उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको प्रदर्शनीस्थलमा अहिलेसम्म २७ करोड ७७ लाख ९१…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा मोटरसाइकल दुर्घटना हुँदा काठमाडौंका किशोरको मृत्यु, एक जना घाइते

    पोखरामा मोटरसाइकल दुर्घटना हुँदा काठमाडौंका किशोरको मृत्यु, एक जना घाइते

    कास्की : पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलवार बिहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौंको कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। चालक तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ। पोखरा महानगरपालिका-६ खहरेचोकस्थित हल्लनचोकबाट…

    विस्तृतमा पढ्नुस्

  • रुकुम पूर्वमा प्रहरीले नष्ट गर्‍यो २२२ किलो नक्कली मह

    रुकुम पूर्वमा प्रहरीले नष्ट गर्‍यो २२२ किलो नक्कली मह

    रुकुम (पूर्व) : रुकुम (पूर्व)मा दुई सय २२ किलो नक्कली मह नष्ट गरिएको छ। रुकुम (पूर्व)को भूमे गाउँपालिका-२ खाबाङ बगरमा बेवारिसे अवस्थामा रहेको महलाई प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको हो। शनिवार भूमे-२ स्थित इलाका प्रहरीचौकी काक्रिको टोलीले गस्तीको क्रममा आठ वटा पहेलो जरकिनमा र १६ सानो प्लास्टिकको डिब्बामा राखेको अवस्थामा नक्कली मह फेला पारेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • आज जैविक विविधता दिवस, ‘हाइकिङ’देखि र्‍यालीसम्मका कार्यक्रम

    आज जैविक विविधता दिवस, ‘हाइकिङ’देखि र्‍यालीसम्मका कार्यक्रम

    काठमाडौं : ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ। संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ। जमिन तथा पानीको सतहमा रहने प्राणी तथा…

    विस्तृतमा पढ्नुस्

  • नीति तथा कार्यक्रममा कांग्रेसका बडू र घिमिरेको संशोधन प्रस्ताव

    नीति तथा कार्यक्रममा कांग्रेसका बडू र घिमिरेको संशोधन प्रस्ताव

    काठमाडौं : सङ्घीय संसद्मा गत शुक्रबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि सत्तारुढ दल नेपाली कांग्रेसका दुई सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन्। सांसद श्यामकुमार घिमिरे र दीलेन्द्रप्रसाद बडूले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गरेका हुन्। सरकारका तर्फबाट संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रममा सत्तारुढ दलका सांसदले संशोधन प्रस्ताव गर्ने चलन नभए पनि आफूले…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

    राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आइतवार काठमाडौंमा बस्ने भएको छ। पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आइतवार दिउँसो बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको छ। यही जेठ ९ र १० गते काठमाडौंमा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा आइतवारको बैठक बस्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार आइतवारको बैठकमा केन्द्रीय समितिमा पार्टी अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगलमा सुतेकै अवस्थामा एक युवकको निधन

    पोर्चुगलमा सुतेकै अवस्थामा एक युवकको निधन

    लिस्बन : वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवकको निधन भएको छ। बाँकेको खजुरा गाउँपालिका-१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रवार सुतेकै अवस्थामा निधन भएको हो। साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। बिहीवार राति कामबाट आएर सुतेका उनी शुक्रवार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीको गुइठे भिरमा पहिरो जाँदा बेनी-जोमसोम सडक अवरुद्ध

    म्याग्दीको गुइठे भिरमा पहिरो जाँदा बेनी-जोमसोम सडक अवरुद्ध

    म्याग्दी : पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। आइतवार बिहानदेखि सो सडक अवरुद्ध भएको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ गुइठे भिरमा पहिरो गएको हो। पहिरोमा गाडी समेत पुरिएको छ। स्थानीय तथा सुरक्षाकर्मीले पहिरो हटाउने प्रयास गरिरहेका छन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell