PahiloPost

Jul 2, 2026 | १८ असार २०८३

रुकुम पश्चिममा जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर



रासस

रुकुम पश्चिममा जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर

रुकुम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा बिहीवार भएको जिप दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते भएका छन्।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ। अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ। जिपमा १५ जना सवार थिए।

सानीभेरी गाउँपालिका-५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो। जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell