खजुरा : बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ। डुडुवा गाउँपालिका-४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मंगलवार साँझ डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका-२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो।
उनीहरु छ जनाको समूहमा वनभोज खान गएका थिए। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।