PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • आज एमाले सचिवालय बैठक बस्दै, कुन-कुन विषयमा हुँदैछ छलफल?

    आज एमाले सचिवालय बैठक बस्दै, कुन-कुन विषयमा हुँदैछ छलफल?

    काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक शनिवार बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए। बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन र पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने उनले बताए।

    विस्तृतमा पढ्नुस्

  • जनमत पार्टीको केन्द्रीय समिति विस्तार, शरद सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी

    जनमत पार्टीको केन्द्रीय समिति विस्तार, शरद सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी

    काठमाडौं : डा सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो। बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले जानकारी दिए। उनका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

    एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ। शुक्रवारदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक सुरु भएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुने छ। शुक्रवारको बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिने छ। यसैगरी, कतिपय नेता तथा कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

    राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

    काठमाडौं : राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको शुक्रवारको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको हो। विधेयकमाथिको दफाबार छलफलमा सांसदहरुले सार्वजनिक ऋण बढ्दै गएको र कूल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपातमा…

    विस्तृतमा पढ्नुस्

  • सचिवालयको कार्यसूची तय गर्न एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

    सचिवालयको कार्यसूची तय गर्न एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

    काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कार्यालयको बैठक शुक्रवार बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठकको कार्यसूची तय गर्नका लागि कार्यालयको बैठक बस्न थालेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए। बैठक दिउँसो ३ बजे पार्टी कार्यालयमा राखिएको छ। एमालेको सचिवालय बैठक शनिबार बिहान ११ बजे पार्टी मुख्यालयमा बोलाइएको छ।

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको २० लाखसहित जमुनाहा नाकाबाट एक जना पक्राउ

    स्रोत नखुलेको २० लाखसहित जमुनाहा नाकाबाट एक जना पक्राउ

    जानकी : नेपाल-भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रवार साँझ स्रोत नखुलेको २० लाख रुपैयाँसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्षमण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ…

    विस्तृतमा पढ्नुस्

  • हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प

    हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प

    काठमाडौं : हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीवार बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

    पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

    बैतडी : वर्षाका कारण पहिरो खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। गोठलापानी-झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुट्ने सवारीसाधन पूर्णरुपमा बन्द भएका छन्। पहिरो पन्छाउनका लागि डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु

    गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु

    रेसुङ्गा : गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ। चट्याङ लागेर मुसिकोट नगरपालिका-१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानका अनुसार बुधवार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन्। उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो।

    विस्तृतमा पढ्नुस्

  • सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, आजै अन्त्यष्टि

    सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, आजै अन्त्यष्टि

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ। बुधवार बिहान ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। दाहालको ६९ वर्षको उमेरमा बुधवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • एक लाख घुससहित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पक्राउ

    एक लाख घुससहित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पक्राउ

    लहान : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ। अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलवार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बुधवार आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधवार दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उनले बताए। कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो। यस बिचमा कांग्रेसले पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • डेङ्गी संक्रमण यो वर्ष पनि उच्च हुन सक्ने विज्ञको आकलन, सतर्क रहन सुझाव

    डेङ्गी संक्रमण यो वर्ष पनि उच्च हुन सक्ने विज्ञको आकलन, सतर्क रहन सुझाव

    काठमाडौंः पछिल्लो चार महिनामा एक हजार १९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेङ्गीको सङ्क्रमणबाट बच्न विज्ञहरूले सुझाव दिएका छन्। ‘डेङ्गी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा’सम्बन्धी अन्तरक्रियामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गीको सङ्क्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराएका हुन्। डेङ्गी सङक्रमणको तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, “असार २३ गतेसम्म एक…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर गयो भूकम्प

    सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर गयो भूकम्प

    काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर सोमवार दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि यही असार ८ गते लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा…

    विस्तृतमा पढ्नुस्

  • भोलिका लागि सर्‍यो राष्ट्रियसभाको बैठक

    भोलिका लागि सर्‍यो राष्ट्रियसभाको बैठक

    काठमाडौं : सोमवारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक मंगलवारका लागि सारिएको छ। सोमवार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमको भनाइ छ। राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गरेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • महाकाली किनारका बस्तीलाई अलर्ट : धौलिगंगा हाइड्रोको बाँध खोलिँदै

    महाकाली किनारका बस्तीलाई अलर्ट : धौलिगंगा हाइड्रोको बाँध खोलिँदै

    बैतडी : महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ। एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो। परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले बाँधको ढोका खोलिने धौलिगङ्गा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • घर भत्किँदा डोटीमा एक महिलाको मृत्यु

    घर भत्किँदा डोटीमा एक महिलाको मृत्यु

    दिपायल : डोटीमा गए राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ। घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो। प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे…

    विस्तृतमा पढ्नुस्

  • समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

    समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

    काठमाडौं : समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिवार बस्ने भएको छ। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, अलोकनगरमा शनिवार ४ बजे बस्ने बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ। मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशको बजेट बहुमतले पारित

    गण्डकी प्रदेशको बजेट बहुमतले पारित

    गण्डकीः गण्डकी प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रदेश सभाबाट पारित भएको छ। आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले शुक्रबारको प्रदेश सभा बैठकमा विनियोजन विधेयक २०८० र आर्थिक विधेयक २०८० लाई पारित गर्नका लागि प्रस्तुत गरेका थिए। विधेयक बहुमतले पारित भएको हो। आर्थिक मामिलामन्त्री आले मगरले प्रस्तुत गरेका दुवै विधेयकसम्बन्धी प्रस्तावलाई सभामुख कृष्णप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग

    श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग

    काठमाडौंः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउन माग गरेको छ। नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले विज्ञप्ति जारी गर्दै वर्तमान समयको मूल्यवृद्धि र महङ्गीलाई ध्यानमा राखी सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने बताएका हुन्।  “सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगीलाई समेत मासिक रु २६ हजार तोकेको अवस्थामा वर्तमान समयको कहालीलाग्दो मूल्यवृद्धि, महङ्गीमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell