PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



रासस

सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बुधवार आह्वान गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधवार दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उनले बताए।

कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो। यस बिचमा कांग्रेसले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन बैठकबाट पार्टीका महत्त्वपूर्ण विषयमा छलफल तथा निर्णय गर्दै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell