PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु



रासस

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ। शुक्रवारदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक सुरु भएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुने छ। शुक्रवारको बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिने छ।

यसैगरी, कतिपय नेता तथा कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताए।

पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जङ्गली लगायतले नेकपा (एकीकृत समाजवादी) पार्टी केही समयअघि मात्रै छाडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell