PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • माइक्रो र मोटरसाइकल ठोक्कियो, एकजनाको मृत्यु

    माइक्रो र मोटरसाइकल ठोक्कियो, एकजनाको मृत्यु

    चितवन : पृथ्वी राजमार्गमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको कन्चनङ्गा नगरपालिका–१ का ३६ वर्षीय हेमन्त कुमाल रहेका छन्। बुटवलबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकल इच्छाकामना गाउँपालिका–४ केवलकार नजिक आज दिउँसो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध

    ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध

    मकवानपुर : कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ शनिवार बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ। त्यस्तै, मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित प्रमुख जिल्ला अधिकारी नेतप्रसाद शर्माले बताए।

    विस्तृतमा पढ्नुस्

  • पोखरीमा डुबेर दुई बालकको मृत्यु

    पोखरीमा डुबेर दुई बालकको मृत्यु

    नवलपुरः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर आज दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए। पोखरीमा डुबेका करिब १३ र १४ वर्षका दुई बालकको सनाखत हुन सकेको छैन। इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोली केहीबेर अघिमात्रै घटनास्थलमा पुगेको छ। गर्मी छल्नका लागि बालक पोखरीमा पौडी…

    विस्तृतमा पढ्नुस्

  • सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल, कार्यालय प्रमुखमाथि मुद्धा दायर

    सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल, कार्यालय प्रमुखमाथि मुद्धा दायर

    काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। परीक्षमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अनियमतता भएको पाइएको छ। यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाहीले आफ्नो आधिकारिक ‘युजर…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभामा आइतबारदेखि बजेटबारे मन्त्रीले जवाफ दिने

    प्रतिनिधि सभामा आइतबारदेखि बजेटबारे मन्त्रीले जवाफ दिने

    काठमाडौंः प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सुरु हुनेछ। सभाको यही असार १० गते आइतबार बिहान १० बजे अर्को बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। सोही दिन गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकूद, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालले भन्यो : राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ

    अस्पतालले भन्यो : राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य छ

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा शुक्रवार जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ। राष्ट्रपति पौडेल यही असार २ गतेदेखि सो अस्पतालमा उपचाररत छन्।

    विस्तृतमा पढ्नुस्

  • खेतमा काम गर्दै गर्दा चट्याङ लागेर नवलपरासीमा एक जनाको मृत्यु

    खेतमा काम गर्दै गर्दा चट्याङ लागेर नवलपरासीमा एक जनाको मृत्यु

    मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ भटुकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधवार बिहान साढे ६ बजे ५७ वर्षीय छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो। उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ लागेको थियो। चट्याङ लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ…

    विस्तृतमा पढ्नुस्

  • रक्सीले मातिएका श्रीमानले चिर्पट प्रहार गरी श्रीमतीको गरे हत्या

    रक्सीले मातिएका श्रीमानले चिर्पट प्रहार गरी श्रीमतीको गरे हत्या

    ताप्लेजुङ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। मादक पदार्थ सेवन गरेका राईले मंगलवार साँझ टाउकोमा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए। प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए। झगडाकै…

    विस्तृतमा पढ्नुस्

  • बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    ढोरपाटन : बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका-५ ठुलढुङ्गामा दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए। दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो। मृतक दुवै पुरुष…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा पहिरो : अझै भेटिएनन् बेपत्ता भएका तीन जना, खाजीकार्य जारी

    ताप्लेजुङमा पहिरो : अझै भेटिएनन् बेपत्ता भएका तीन जना, खाजीकार्य जारी

    फुङ्लिङ : गत शनिवार राति ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ। अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन्। सिदिङ्वा गाउँपालिका-६ मेहेले मुकुभञ्ज्याङमा शनिवार राति पहिरोले एकै घरका तीन गरी चार जनालाई बगाएको थियो। चार जनामध्ये आइतवार बिहान एक जनाको शव भेट्टिएको थियो भने एकै घरका तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउन बोलपत्र खुलाएपछि विवाद

    मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउन बोलपत्र खुलाएपछि विवाद

    गोरखा : गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउनका लागि गुठी संस्थानले बोलपत्र खुलाएपछि विवाद सुरु भएको छ। मन्दिर अगाडि रहेको धर्मशालामा गुठी संस्थानले व्यवसाय सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेपछि स्थानीयवासीले विरोध गरेका छन्। धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा गरी धर्मशाला सञ्चालनमा ल्याउनुपर्ने जनाउँदै श्री मनकामना माई गुठीका गुठियार…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर गयो चार रेक्टरस्केलको भूकम्प

    दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर गयो चार रेक्टरस्केलको भूकम्प

    काठमाडौं : दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुलाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर मंगलवार बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत जेठ २९ गते बाजुराको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी…

    विस्तृतमा पढ्नुस्

  • गोलभेंडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन

    गोलभेंडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन

    काठमाडौं : राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतवार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनि गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो। बैठकको निर्णयमा भनिएको छ,…

    विस्तृतमा पढ्नुस्

  • ‘डिजिटल करेन्सी’ जारी गर्ने राष्ट्र बैंकको तयारी

    ‘डिजिटल करेन्सी’ जारी गर्ने राष्ट्र बैंकको तयारी

    काठमाडौं : नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने  तयारी गरेको छ। केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताए। वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुछ्रे बैंक र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), नेपालबिचको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले विद्युतीय साक्षरताबारे पुराना पाठ्यक्रम पढाएर भन्दा…

    विस्तृतमा पढ्नुस्

  • दाङमा बोक्सीको आरोप लगाउने दुई जना प्रहरीको नियन्त्रणमा

    दाङमा बोक्सीको आरोप लगाउने दुई जना प्रहरीको नियन्त्रणमा

    दाङ : दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए। उनका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको जनाउँदै यमबहादुरलाई बोलाएर झाँक्री बसाएको र सोही…

    विस्तृतमा पढ्नुस्

  • उद्धारमा सास्ती, परिवार गुमाउने परिवारलाई १ लाख राहत

    उद्धारमा सास्ती, परिवार गुमाउने परिवारलाई १ लाख राहत

    फुङ्लिङ : कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ। आइतवार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई रु एक लाख दिन निर्णय गरेको हो। आइतवार कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले…

    विस्तृतमा पढ्नुस्

  • बेपत्ताको खुल्यो पहिचान, सङ्खुवासभा बाढीमा बेपत्ता हुने २२ पुगे

    बेपत्ताको खुल्यो पहिचान, सङ्खुवासभा बाढीमा बेपत्ता हुने २२ पुगे

    किमाथाङ्का : सङ्खुवासभाको हेवा खोलामा शनिवार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ।  गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ। शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको…

    विस्तृतमा पढ्नुस्

  • सङ्खुवासभा बाढी अपडेट : दुई जनाको गम्भीर घाइते अवस्थामा उद्धार, १५ अझै बेपत्ता

    सङ्खुवासभा बाढी अपडेट : दुई जनाको गम्भीर घाइते अवस्थामा उद्धार, १५ अझै बेपत्ता

    किमाथाङ्का : सङ्खुवासभाको हेवाखोलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ। अविरल वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए। बेपत्ता १७ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। उनका अनुसार सुपर हेवाखोला हाईड्रोपावरमा काम…

    विस्तृतमा पढ्नुस्

  • मुटुको चाल ‘मनिटरिङ’ गर्न राष्ट्रपति पौडेल अस्पताल भर्ना

    मुटुको चाल ‘मनिटरिङ’ गर्न राष्ट्रपति पौडेल अस्पताल भर्ना

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारार्थ भर्ना भएका छन्। राष्ट्रपति पौडेलको मुटुको चाल ‘मनिटरिङ’ गर्न आवश्यक देखिएकाले अस्पताल भर्ना भएका हुन्। सो सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • सवारी दुर्घटनामा पूर्व नगर प्रमुख गिरीको निधन

    सवारी दुर्घटनामा पूर्व नगर प्रमुख गिरीको निधन

    वालिङ : गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्व प्रमुख शिव गिरीको मृत्यु भएको छ। बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए। चापाकोट-४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११:४० मा मृत घोषणा गरेको थियो। राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गए राति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell