PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

खेतमा काम गर्दै गर्दा चट्याङ लागेर नवलपरासीमा एक जनाको मृत्यु



रासस

खेतमा काम गर्दै गर्दा चट्याङ लागेर नवलपरासीमा एक जनाको मृत्यु

मध्यविन्दु : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ भटुकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधवार बिहान साढे ६ बजे ५७ वर्षीय छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो।

उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ लागेको थियो। चट्याङ लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। सारु श्रीमतीसँगै खेतमा काम गर्दै थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell