PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु



रासस

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

ढोरपाटन : बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका-५ ठुलढुङ्गामा दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए। दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो।

मृतक दुवै पुरुष रहेको केसीले बताए। जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell