PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध



रासस

ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध
फाइल फोटो।

मकवानपुर : कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ शनिवार बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ।

त्यस्तै, मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित प्रमुख जिल्ला अधिकारी नेतप्रसाद शर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell