PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • स्याउ बोकेको कन्टेनर पल्टियो, राजमार्ग बन्द

    धुन्चे : केरुङबाट स्याउ बोकी काठमाडौँतर्फ जाँदै गरेको कन्टेनर डिब्बा राम्चे गाविस–१ मूलखर्कमा पल्टँदा पासाङ ल्हामु राजमार्ग बन्द भएको छ।   गए राति १० बजेको समयमा ओभरलोडका कारण ना६ख ३०२१ नम्बरको कन्टेनर सडकमै पल्टिएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।   सडक बन्द भएपछि यात्रुबाहक बस र एम्बुलेन्ससमेत चल्न सकेको छैन। कन्टेनर पन्छाउन काठमाडौंबाट क्रेन मगाइसकिएकाले सम्भवत…

    विस्तृतमा पढ्नुस्

  • ९६ वर्षको उमेरमा दिलमायाको हातमा नागरिकता!

    भोजपुर : भोजपुर होम्ताङ–७ कि दिलमाया राईले ९६ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छिन्। भोजपुर जिल्लाको दक्षिणी गाविस घोडेटार बजारमा भएको एकीकृत घुम्ती सेवा शिविरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ९६ वर्षीया दिलमाया राईलाई नेपाली नागरिकता प्रदान गरेका हुन्। शिविरमा नागरिकता वितरणसँगै अपाङ्गता परिचयपत्र वितरण, फोटोसहितको मतादाता नामावली सङ्कलन, स्वास्थ्य शिविरलगायत विषयगत कार्यालयको सेवा सञ्चालनमा रहेको छ। शिविरमा स्वास्थ्य,…

    विस्तृतमा पढ्नुस्

  • १२ करोडको बजेट विनियोजनपछि रानीपोखरीको पानी निकालिँदै, माछा टौदह लगिने

    १२ करोडको बजेट विनियोजनपछि रानीपोखरीको पानी निकालिँदै, माछा टौदह लगिने

    काठमाडौँ : रानीपोखरीमा पुनःनिर्माणको लागि १२ करोड रुपैयाँ विनियोजन भएपछि त्यहाँको पानी निकाल्ने क्रम सुरु भएको छ।  काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार पानी निकालेपछि पोखरीका सबै माछा टौदहमा लगेर व्यवस्थापन गर्ने योजना छ।  पोखरीका राजहाँस कहाँ लगेर व्यवस्थापन गर्ने भन्नेबारे अझै यकिन नभएको महानगरले जनाएको छ।  “सफा नगरेको लामो समय भएकाले उक्त पोखरीमा कति हिलो रहेको र त्यसका लागि…

    विस्तृतमा पढ्नुस्

  • अदालतमा सांसदको टोलीले गरे तोडफोड, न्यायाधीशमाथि अपशब्द, कारबाही गर्न बारको माग

    काठमाडौँ : नेपाल बार एसोसिएसनले जिल्ला न्यायाधीश भोजराज शर्मा इजलासमा बसिरहेका अवस्थामा एक सांसदसहितको टोलीले तोडफोड गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  बारका महासचिव खम्मबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा बुधबार बारा जिल्ला अदालतका न्यायाधीशको इजलासमा बसी न्याय सम्पादन गरिरहेको अवस्थामा सांसद नेजमा खातुनको नेतृत्वमा गएको जमातले इजलासमा तोडफोड गरी उनीविरुद्ध अपशब्द प्रयोग गरेकोप्रति गम्भीर ध्याकर्षण भएको जनाएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति विद्या भण्डारीले त्रिवि शिक्षण अस्पतालमा गराइन् आँखाको जाँच

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालमा आँखाको परीक्षण गराएकी छिन्।   राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालका अनुसार राष्ट्रपति भण्डारीले मङ्गलबार साँझ विशेषज्ञ चिकित्सकबाट करिब एक घन्टा आँखाको उपचार गराएकी हुन्। -रासस

    विस्तृतमा पढ्नुस्

  • डिजेल र पेट्रोलको नापतौलमा ठगी गर्ने पक्राउ

    गौशाला : पेट्रोल पम्पबाटै डिजल र पेट्रोल ठगी गरेको आरोपमा महोत्तरी प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ।       जलेश्वर नगरपालिका– ५ मा रहेको न्यु विकास आयल स्टोर्सबाट डिजेल र पेट्रोल बिक्री गर्दा नापतौलमा कमी गरी दिने गरेको आरोपमा प्रहरीले सो पम्पका कामदार मनोज साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए।       महोत्तरीका सहायक…

    विस्तृतमा पढ्नुस्

  • विप्लव माओवादीले आन्दोलन घोषणा गरेपछि रिहा भए माइला लामा

    काठमाडौँ : गिरफ्तारीमा परेका नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा जनकलाकार माइला लामालाई आइतबार प्रहरीले रिहा गरेको छ ।  नियन्त्रणमा लिनुका कारण खुलाउन र निसर्त रिहा गर्न माग गर्दै पार्टीले आन्दोलनको घोषणा गरेपछि प्रहरीले आवश्यक पर्दा हाजिर हुने गरी रिहा गरेको हो।  शनिबार साँझ पार्टीको प्रशिक्षण कार्यक्रम सकेर निस्किरहेका बेला कपनबाट लामा र विद्यार्थी नेता चिरञ्जीवी ढकाललगायत कार्यकर्तालाई गिरफ्तार गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीमा १५ लाख खर्च गरेर २१ मिटर अग्लो धरहरा बनाइँदै

    नवलपरासी : गत वर्षको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाको स्मृतिमा नवलपरासीमा धरहराको प्रतिमूर्ति स्थापनाको शुभारम्भ गरिएको छ।  प्रगतिनगरमा रहेको जनज्योति उच्च मावि प्राङ्गणमा रु १५ लाखको लागतमा निर्माण पूरा हुने धरहराको प्रर्तिमूति २१ मिटर अग्लो निर्माण गर्न लागिएको हो।  निर्माण गर्न लागिएको नेपालको ऐतिहासिक महत्व बोकेको धरहराको प्रर्तिमूतिको आइतबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले शिलान्यास गरे।   सो अवसरमा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बन्दैछ सेनाको हेडक्वार्टर, प्रधानसेनापतिले गरे शिलान्यास

    यस्तो बन्दैछ सेनाको हेडक्वार्टर, प्रधानसेनापतिले गरे शिलान्यास

    भूकम्पका कारण सेनाको मुख्यालयसमेत क्षति पुगेपछि नयाँ निर्माण हुन लागेको जंगी अड्डा भवनको विधिवत रुपमा शिलान्यास गर्दै प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्री। सौजन्यः नेपाली सेना,रासस गएको वर्ष वैशाख १२ गते गएको भूकम्पबाट नेपाली सेनाको मुख्यालयसहित मुलुकभर सेनाका एक हजार १०९ वटा भौतिक संरचना पूर्णरुपमा क्षति भएको थियो ।  भूकम्पले जर्जर अवस्थामा पु¥याएको सैनिक मुख्यालयको मुख्य भवन हटाएर त्यहाँ रहेका विभागलाई व्यवस्थित…

    विस्तृतमा पढ्नुस्

  • मनोरञ्जन कर तिर्दैनन् काठमाडौँका सिनेमा हल, कारबाही थालेपछि आउन थाले हल सञ्चालक

    मनोरञ्जन कर तिर्दैनन् काठमाडौँका सिनेमा हल, कारबाही थालेपछि आउन थाले हल सञ्चालक

    ​शर्मिला पाठक - काठमाडौँ : महानगरपालिकाले २०५६ सालदेखि सिनेमा हलको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरञ्जन कर लिन थालेको भए पनि हालसम्म मनोरञ्जन कर कुनै पनि सिनेमा हलले तिरेका थिएनन्।  कर नतिर्दा सिनेमा हलको वार्षिक रु २५ लाखसम्म बक्यौता रहने गरेको थियो।  पछिल्लो समय कर नतिर्ने सिनेमा हलमाथि कारबाहीको प्रक्रिया अघि बढाएसँगै कर तिर्न उनीहरु विवरणसहित काठमाडौँ महानगरपालिका आउन थालेका…

    विस्तृतमा पढ्नुस्

  • वैशाख १२ को भूकम्पको एक वर्षमा ३० हजारभन्दा बढी परकम्प

    वैशाख १२ को भूकम्पको एक वर्षमा ३० हजारभन्दा बढी परकम्प

    सिबी अधिकारी -  काठमाडौँ : विसं २०७२ वैशाख १२ गते । बिहानैदेखि मौसम धुमिलिएको । गर्मी मौसम भए पनि नीलो आकाश मडारिएर सूर्यको प्रकाश प्रस्ट देखिएको थिएन । शनिबारको दिन, नेपालीहरु आआफ्नै ध्याउन्नमा थिए ।  मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रिक्टर स्केलको भूकम्प गयो। यसबाट करिब नौ हजार नेपालीको मृत्यु भयो भने दुई हजार २०० भन्दा बढी घाइते…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell