PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

नवलपरासीमा १५ लाख खर्च गरेर २१ मिटर अग्लो धरहरा बनाइँदै



रासस

नवलपरासी : गत वर्षको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाको स्मृतिमा नवलपरासीमा धरहराको प्रतिमूर्ति स्थापनाको शुभारम्भ गरिएको छ। 

प्रगतिनगरमा रहेको जनज्योति उच्च मावि प्राङ्गणमा रु १५ लाखको लागतमा निर्माण पूरा हुने धरहराको प्रर्तिमूति २१ मिटर अग्लो निर्माण गर्न लागिएको हो। 

निर्माण गर्न लागिएको नेपालको ऐतिहासिक महत्व बोकेको धरहराको प्रर्तिमूतिको आइतबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले शिलान्यास गरे।
 
सो अवसरमा नेता आचार्यले पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको धरहरा पुनःनिर्माण आवश्यक रहेको चर्चा गर्दै नयाँ बन्ने धरहरा प्रतिमूर्तिले भूकम्पमा भत्किएका धरोहरको चिरस्मरण गराइ रहने धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell