PahiloPost

May 14, 2024 | १ जेठ २०८१

  • ​तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन हुने, बेसक्याम्पबाट नाम्चे बजारसम्मको दौड

    ​तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन हुने, बेसक्याम्पबाट नाम्चे बजारसम्मको दौड

    काठमाडौँ : बेलायत–नेपाल द्विशतवार्षिकीका अवसरमा यही जेठ १६ गते तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन हुने भएको छ ।  यसअघि सन् २००३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलरीले सगरमाथा विजय गरेको ५० वर्ष पुगेको अवसरमा त्यस्तो म्याराथनको आयोजना गरिएको थियो । यही जेठ १६ गते आयोजना हुने सो दौडमा सगरमाथा आधार शिविरबाट सुरु भई नाम्चे बजारमा पुगेर समापन हुने कार्यक्रम छ । …

    विस्तृतमा पढ्नुस्

  • दोलालघाटमा पौडी खेल्न गएका दुई बालकको मृत्यु एक वेपत्ता

    बनेपा : काभ्रेपलाञ्चोकको दोलालघाट गाविस–३ स्थित सुनकोसी नदीमा आज पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ भने  अर्का एक बेपत्ता छन्।   मृत्यु हुनेमा दोलालघाट–४ निवासी ११ वर्षीय सञ्जीव ठकुरी र १० वर्षीय सनोज पहरी छन्। तेह्र वर्षीय नवीन ठकुरी अहिलेसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।   अपराह्न् १…

    विस्तृतमा पढ्नुस्

  • अरुण सिंघानिया हत्याका एक आरोपी कारागार चलान

    महेन्द्रनगर (धनुषा) : जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका सुटर मनक लामालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।   यहाँ आज आयोजित पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोसीले  सिंघानिया हत्याका अभियुक्त लामालाई आइतबार नै जिल्ला अदालत धनुषामा बुझाएको जानकारी दिए। जिल्ला अदालत धनुषाका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले लामालाई थुनामा पठाउन आदेश दिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनमा शान्तिवार्ता भङ्ग, पच्चीस महिना लामो युद्धविराम अन्त्य

    किभ : युक्रेनमा विद्रोहीसँग गएको करिब २५ महिनादेखि जारी रहेको युद्धविरामको अन्त्य भएको छ।   युक्रेनमा रसियाली समर्थक युक्रेनी विद्रोहीले देशको पूर्वी भू–भाग रसियासँग मिलाउन पाउनुपर्ने मागसहित विद्रोह गरेका छन्।   उक्त मागका कारण दुई वर्षअघिदेखि युक्रेनमा हिंसा भड्किएको हो। सो हिंसापछि सरकार र युक्रेनी विद्रोहीबीच वार्ताको प्रयास भएको हो।   उक्त वार्ता प्रयास असफल हुन पुगेको छ। त्यसका लागि…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट काठमाडौंक लागि समान बोकेर रेल छुटेपछि उत्साह, समान ल्याउन ५०० कन्टेनर तयार

    चीनबाट काठमाडौंक लागि समान बोकेर रेल छुटेपछि उत्साह, समान ल्याउन ५०० कन्टेनर तयार

    धुन्चे : नेपाल र चीनबीच व्यापार–व्यवसाय अभिवृद्धि गर्न रेलमार्गबाट सामान आएको खबरले यहाँका व्यवसायीमा उत्साह बढेको छ।   चिनियाँ भूभागको लामो दूरीबाट रेलद्वारा सामान आउँदा आदेश गरिएबमोजिम सिगात्सेसम्म यथेष्ट सामग्री आउने र अर्कातर्फ उपभोक्ताको माग तथा चाहनानुरुप काठमाडौं लगायत नेपालका सबै व्यवसायिक केन्द्रमा सामान पुर्‍याउन सहजता आएबाट व्यवसायीमा उत्साह बढेको नेपाल व्यापार सङ्घका अध्यक्ष कुमार कार्कीले बताए।   ठूलो परिमाणमा…

    विस्तृतमा पढ्नुस्

  • यसरी हुँदैछ पुनर्निर्माणमा भ्रष्टाचार :​‘इन्जिनियरले घुस मागे, नदिएपछि नाम छुटाइदिए’

    यसरी हुँदैछ पुनर्निर्माणमा भ्रष्टाचार :​‘इन्जिनियरले घुस मागे, नदिएपछि नाम छुटाइदिए’

    प्रशन्न पोखरेल - गोरखा : “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४/१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिएमात्रै अनुदान पाउनयोग्य तथ्याङ्क भरेर पठाउने प्रस्ताव राखे, मैले घुस दिँदैनौं भनेँ,'पछि देख्लास्' भन्दै इन्जिनियर उठे,” गोरखाको पालुङटार नगरपालिका–१ च्याङ्लीका भूकम्पपीडित होमनाथ पाण्डे आज जिल्ला प्रशासन कार्यालय आएर प्रजिअ नारायणप्रसाद भट्टसमक्ष…

    विस्तृतमा पढ्नुस्

  • सुनुवाई समितिको विषयमा मिलेन कुरो, सर्वदलीय बैठक निष्कर्षहीन

    सुनुवाई समितिको विषयमा मिलेन कुरो, सर्वदलीय बैठक निष्कर्षहीन

    काठमाडौँ : व्यवस्थापिका संसद नियमावलीमा देखिएको विवाद समाधानका लागि बोलाइएको सर्वदलीय बैठक निष्कर्षहीन भएको छ।   नियमावलीमा देखिएको विवादलाई सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका दललाई छलफलका लागि बोलाएका थिए।       प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब दुई घण्टा भएको छलफलमा दलहरुको आ–आफ्नै अडानका कारण कुनै सहमति जुट्न सकेन।   सत्तारुढ नेकपा (एमाले) र…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं - केरुङ रेलमार्ग सरकारले नै बनाउने : प्रम ओली

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जायज र उचित माग पूरा गराउनका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन्।   युवा सङ्घ नेपालको २६औँ स्थापना दिवसको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।    “जोसुकैका जायज र उचित माग पूरा हुन्छन्, त्यसका लागि आन्दोलन गर्नु पर्दैन, सरकारले बोलाएका बेला वार्तामा आई आफ्ना कुरा राख्नुपर्छ, घाम सर्दै जाँदा रुखमुनिको…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : दुई लभ स्टोरी - 'के म तिम्रो होइन र' अनि 'विरानो माया'

    फ्राइडे रिलिज : दुई लभ स्टोरी - 'के म तिम्रो होइन र' अनि 'विरानो माया'

    काठमाडौँ : यो साता लगभग एउटै धारका दुई चलचित्र ‘के म तिम्रो होइन र’ तथा ‘विरानो माया’ रिलिज भएका छन्। यी दुवै प्रेम कथामा आधारित चलचित्र हुन् र दुवैमा स्थापित कलाकार छैनन् । ‘के म तिम्रो होइन र’ यसअघिको सफल चलचित्र ‘कोहिनूर’का निर्देशक आकाश अधिकारीले निर्देशन गरेको चलचित्र हो । स्व श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको उक्त अन्तिम चलचित्र ‘कोहिनूर’ले नेपाली चलचित्रमध्ये…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकार टिकाउने नौ बुँदे सहमतिविरुद्धको रिट निवेदन खारेज

    ओली सरकार टिकाउने नौ बुँदे सहमतिविरुद्धको रिट निवेदन खारेज

    काठमाडौँ : सर्वोच्च अदालतले नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच भएको नौबुँदे सहमतिविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ।  कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको नौबुँदे सहमति दुई राजनीतिक पार्टीबीच भएको दस्तावेज भएकाले न्यायिक परीक्षण गर्न नपर्ने आदेश उल्लेख गर्दै सो रिट खारेज गरेको हो।  दुई राजनीतिक दलबीच…

    विस्तृतमा पढ्नुस्

  • २ वर्षपछि आज पुगे सगरमाथाको चुचुरोमा ९ शेर्पा, उनीहरुको डोरी पछ्याउँदै भोलि विदेशी चढ्ने

    २ वर्षपछि आज पुगे सगरमाथाको चुचुरोमा ९ शेर्पा, उनीहरुको डोरी पछ्याउँदै भोलि विदेशी चढ्ने

    ​काठमाडौँ : पोहोर वैशाख १२ को भूकम्प र त्यसअघिको वर्षमा हिमपहिरोका कारण लगातार दुई वर्ष रोकिएको सगरमाथा आरोहण आजदेखि सुचारु भएको छ।  नेपाली नौ जना शेर्पा आरोहीले आज साँझ ५ बजेर ५ मिनेट जाँदा दक्षिण पश्चिम मोहडाबाट सगरमाथाको आरोहण गरेका हुन्।   पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालका अनुसार विभिन्न नौ कम्पनीका एक/एक जना गरी नौ जनाको समूह बनाएर उनीहरु गएका…

    विस्तृतमा पढ्नुस्

  • ​नयाँ अध्यक्ष निर्वाचन गर्न एन्फालाई फिफाको पत्र, निलम्बनमा परेकाहरुको पुनर्बहाली निर्देशन

    ​नयाँ अध्यक्ष निर्वाचन गर्न एन्फालाई फिफाको पत्र, निलम्बनमा परेकाहरुको पुनर्बहाली निर्देशन

    काठमाडौँ : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फालाई अध्यक्षको नयाँ निर्वाचन गर्न निर्देशन दिएको छ।  फिफाले एन्फालाई पत्र लेखि निलम्बनमा परेको पदाधिकारीलाई समेत समेटेर नयाँ कार्यसमितिको निर्वाचन गर्न निर्देशन दिएको हो।  झण्डै दुई दशक बढी एन्फामा अध्यक्ष रहेका गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले १० वर्षको प्रतिबन्ध र २० हजार स्वीस फ्रयाङ्क जरिबानाको निर्णय गरेको थियो। ‘इथिक्स…

    विस्तृतमा पढ्नुस्

  • क्रान्तिकारी माओवादीभित्रै फुटको राजनीति

    काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) का सङ्गठन विभाग प्रमुख रामबहादुर थापा पक्षले बोलाएको केन्द्रीय समितिको बैठक अनौपचारिक छलफलमा रुपान्तरण भएको छ।   पार्टी अध्यक्ष मोहन वैद्य पक्षसँग थप छलफल गर्ने निष्कर्षसहित आज बोलाइएको केन्द्रीय समितिको बैठक अनौपचारिक छलफलमा परिणत भएको थापा पक्षमा रहेकी प्रवक्ता पम्फा भुसालले जानकारी दिए।   अध्यक्ष वैद्यले जेठ १ गते केन्द्रीय समितिको बैठक बोलाएपछि त्यसबारे छलफल…

    विस्तृतमा पढ्नुस्

  • राजदूत उपाध्यायलाई नेपाल फर्किन सरकारको पत्र

    काठमाडौँ : परराष्ट्र मन्त्रालयले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई नेपाल फिर्ता बोलाउनेसम्बन्धी औपचारिक निर्णयको पत्र आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पठाएको छ।   मन्त्रिपरिषद्को यही वैशाख २४ गते बसेको बैठकले राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।   राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सम्बन्धी पत्र परराष्ट्र मन्त्रालयमार्फत आज नयाँ दिल्ली पठाइएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए। पत्रमा जिम्मेवारीबाट मुक्त गरिएकाले…

    विस्तृतमा पढ्नुस्

  • यो सरकार छोटै अवधिको हो, निर्वाचनमा सहयोग गर्नुस् : ओली

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न सबै दलले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। नेकपा (एमाले)को संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै पार्टीका अध्यक्षसमेत रहेका ओलीले संविधानको मर्म, मुलुकको आवश्यकता र जनचाहनाबमोजिम स्थानीय निर्वाचन मङ्सिरमा गर्न सरकारले नीति तथा कार्यक्रममार्फत तयारी गरेको उल्लेख गरे। व्यवस्थापिका–संसद्मा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी…

    विस्तृतमा पढ्नुस्

  • आइपुग्यो चिनियाँ विज्ञ टोली, दैलेखबाट थाल्यो ग्यास र पेट्रोलको अनुसन्धान

    काठमाडौँ : चिनियाँ एक विज्ञ टोलीले नेपालमा खनिज, ग्यास तथा पेट्रोलको अध्ययन अनुसन्धान सुरू गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा गरेको सहमतिअनुसार दैलेखको श्रीस्थानबाट आजैदेखि अध्ययन तथा अनुसन्धानको काम सुरू गरिएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए।  मन्त्री पाण्डेका अनुसार अध्ययन टोलीले देशैभरिका जति पनि पेट्रोलियम पदार्थ सम्भावित ठाउँ छन् ती ठाउँमा अध्ययन अनुसन्धान गर्नेछ । रासस

    विस्तृतमा पढ्नुस्

  • घर जाँदै गर्दा पुलबाट खसे, ठाउँको ठाउँमै मृत्यु

    उर्लाबारी : मोरङको सिसवनी गाविसमा पुलबाट खसेर गएराति एक व्यक्तिको मृत्यु भएको छ।   राति १० बजेको समयमा सिसवनी–७ स्थित बूढीखोलाको पुलबाट खसेर सोही ठाउँका ५० वर्षीय वुधुवा झाँगडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए।   घरतर्फ जाँदै गर्दा पुलबाट ३० मिटर तल खसेका झाँगडको घटनास्थलमै मृत्यु भएको थियो। रासस

    विस्तृतमा पढ्नुस्

  • जंगलमा अलपत्र सिलाजित

    बेनी : प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य सिलाजित उत्खनन हुन सकेको छैन।       सिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडौंको नोक्सानी भइरहेको छ।   म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका पहरामा सिलाजित पाइन्छ। सिलाजित उत्खनन गर्नेतर्फ…

    विस्तृतमा पढ्नुस्

  • कमजोर न्यायपालिकाबाट लोकतन्त्र जोगिन्न : कामु प्रन्या कार्की

    कमजोर न्यायपालिकाबाट लोकतन्त्र जोगिन्न : कामु प्रन्या कार्की

    काठमाडौँ : कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायपालिकाप्रति कसैको कुनै किसिमको आग्रह पूर्वाग्रह हुन नहुने बताएकी छिन्।   कानुन दिवस २०७३ का अवसरमा आज सर्वोच्च अदालतमा आयोजित जलपान समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, “कमजोर न्यायपालिकाबाट नागरिक अधिकार र लोकतन्त्रको रक्षा हुन सक्दैन।” न्यायपालिकाबाट भएका काम न्यायपालिकाको आवश्यकतानुरुप भएका हुन् भन्ने कुराप्रति सबै विश्वस्त हुन आवश्यक रहेको उल्लेख गर्दै उनले न्यायपालिकाको धरोहर…

    विस्तृतमा पढ्नुस्

  • यति सानो किताव !

    यति सानो किताव !

    काठमाडौँ : साहित्यकार सुनिल पुरीको ‘गाभा’ नामक हाइकु सङ्ग्रह सानो आकारमा आजदेखि बजारमा आएको छ।   साढे एक सेमी लम्बाइ र एक सेमी चौडाइको सो कृति सम्भवतः नेपालकै सानो आकारको कृति हो। मोबाइलको सिम कार्ड आकारको कृतिमा केटाकेटीको प्रफुल्लता, मानवीय छटपटी, चरा तथा चराले गाउने गीत, हिमाल ताल, सौन्दर्य, पीडालगायत विषयका ५१ हाइकु समाविष्ट छ।   जापानको साहित्य हाइकु अहिले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell