PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

राजदूत उपाध्यायलाई नेपाल फर्किन सरकारको पत्र



रासस

काठमाडौँ : परराष्ट्र मन्त्रालयले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई नेपाल फिर्ता बोलाउनेसम्बन्धी औपचारिक निर्णयको पत्र आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पठाएको छ।
 
मन्त्रिपरिषद्को यही वैशाख २४ गते बसेको बैठकले राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
 
राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सम्बन्धी पत्र परराष्ट्र मन्त्रालयमार्फत आज नयाँ दिल्ली पठाइएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए। पत्रमा जिम्मेवारीबाट मुक्त गरिएकाले १५ दिनभित्र स्वदेश फर्कन भनिएको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell