PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • यार्सा सङ्कलन गर्न गएका युवाको मृत्यु

    बैतडी : दार्चुलामा यार्सा सङ्कलन गर्न हिँडेका एक युवक आज मृत फेला परेका छन्।   मृत्यु हुनेमा बैतडी घर भई हाल डडेल्धुराको परशुराम नगरपालिका बस्दै आएका २६ वर्षीय महेश बोहरा रहेका छन्।   जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार उनी सितोलाको चाइमटेला लेकबाट यार्सा नपाएपछि बिहीबार घर फर्किन हिँडेका र घर नफर्केपछि खोजी गर्दा आज बिहान…

    विस्तृतमा पढ्नुस्

  • देउवा भन्छन् : सरकार प्रतिपक्षीले टिकाउने होइन

    लुम्बिनी : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्।   नेपाली काँग्रेस रुपन्देहीले आज भैरहवामा आयोजना गरेको ‘संविधान कार्यान्वयन र नेपाली काँग्रेसको भूमिका’ विषयको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “जनताका समस्या एकातिर छन्, संविधान कार्यान्वयन गर्नुपर्ने चुनौती छ, मधेसका समस्या समाधान गर्नु परेको छ तर सरकार भने…

    विस्तृतमा पढ्नुस्

  • भारतले नाकाबन्दी लगाएपछि थन्क्याइएको सामान २८ वर्षदेखि गोदाममै

    धनगढी : सामान्यत: गोदाममा कति समयसम्म सामान राखिएला? सामानको प्रकारअनुसार केही दिन, महिना र बढीमा केही वर्ष! धनगढीमा भने २८ वर्षदेखि गोदाममा सामान थन्क्याई राखिएको छ। त्यही पनि २०४५ सालको नाकाबन्दीका बेला आयात गरिएका सामान। नेशनल ट्रेडिङ लिमिटेडको यहाँस्थित कार्यालयमा सर्वसाधारणलाई बिक्री वितरण आयात गरिएको मालसामान सडेगलेको अवस्थामा फेला परेका हुन्। भारतले नाकाबन्दी लगाएपछि तत्कालीन सरकारले आपूर्ति व्यवस्था असहज हुन नदिन…

    विस्तृतमा पढ्नुस्

  • ​खोलाले बगाउँदा दुई जनाको ज्यान गयो

    चितवन : चितवनको माडीमा रिउ खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ। चौपाया चराएर घर फर्कने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो। मृत्यु हुनेमा माडी नगरपालिका–१२ का ५५ वर्षीय विष्णु अधिकारी र ३५ वर्षीया कल्पना थापा क्षेत्री छन्। अधिकारीको शव माडी नपा–१२ र क्षेत्रीको माडी नपा–१० मा भेटिएको प्रहरीले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • बाढीले बगाएको १० हेक्टर नेपाली भूमि भारतमा परिणत

    बैतडी : तीन वर्षअघि महाकाली नदीमा आएको विनाशकारी बाढीले बगाएर दार्चुलामा रहेको नेपाली भूमि भारतमा परिणत भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले गरेको अध्ययनले महाकालीमा आएको बाढीले नेपालको १० हेक्टर जमिन भारतमा गएको देखाएको हो।   महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाममा मात्रै रु ७ अर्ब ९० करोड बराबरको क्षति भएको अनुसन्धानकर्ता अध्ययन टोली प्रमुख डा महेन्द्रबहादुर गुरुङले…

    विस्तृतमा पढ्नुस्

  • प्रेस चौतारीले घोषणा गर्‍यो कार्यसमितिको नामावली, को-को परे?

    प्रेस चौतारीले घोषणा गर्‍यो कार्यसमितिको नामावली, को-को परे?

    काठमाडौँ :  एमालेको जनवर्गीय संगठन प्रेस चौतारी नेपालको आठौँ महाधिवेशनले सर्वसम्मत कार्यसमितिका सबै सदस्यको नाम आज घोषणा गरेको छ।   बिहीबारबाट सुरु भएको अधिवेशनले आज सर्वसम्मत कार्यसमिति चयन गरेको हो।   निर्वाचन समितिका प्रमुख तीर्थ कोइरालाले पदाधिकारीसहित सबै सदस्यको सर्वसम्मत चयन गरेको घोषणा गरे। यसअघि गणेश बस्नेत अध्यक्षसहित २२ सदस्य सर्वसम्मत चयन भइसकेका थिए। प्रेस चौतारी नेपालको आठौं केन्द्रीय अधिवेशनबाट सर्वसम्मत…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले भनिन्- 'लुम्बिनी बुद्ध दर्शनको मुहान'

    राष्ट्रपतिले भनिन्- 'लुम्बिनी बुद्ध दर्शनको मुहान'

    लुम्बिनी : राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भगवान् गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धदर्शनको मुहानसमेत रहेको बताएकी छिन्।   २५६०औँ बुद्धजयन्तीका अवसरमा आज लुम्बिनीमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शान्तिका अग्रदूत गौतमबुद्धको भूमिमा आफू आउन पाउँदा गौरवान्वित महसुस भएको भन्दै बुद्ध भूमिका कला र ऐतिहासिक सामग्री संरक्षणमा ध्यान दिन सरकार र अन्य निकायलाई आग्रह गरिन्। बृहत् लुम्बिनी गुरुयोजनालाई जतिसक्दो छिटो…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र महतोको चेतावनी- ‘खाली हात फर्कनुपरे आन्दोलन नियन्त्रणबाहिर हुनेछ’

    राजेन्द्र महतोको चेतावनी- ‘खाली हात फर्कनुपरे आन्दोलन नियन्त्रणबाहिर हुनेछ’

     काठमाडौँ : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरु काठमाडौँबाट अधिकार लिएरमात्रै फर्कने बताएका छन्।   थापागाउँस्थित पार्टी कार्यालयमा आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष महतोले काठमाडौँकेन्द्रित सङ्घीय गठबन्धनको शान्तिपूर्ण आन्दोलनलाई थप प्रभावकारी बनाइने दाबी गरे। ‘हामी कर्मकाण्डी आन्दोलनका लागि काठमाडौँ आएका होइनौं। अधिकार प्राप्तिका निम्ति आएका हौं,’ उनले भने, ‘आन्दोलनलाई निर्णायक बनाई अधिकार लिएरमात्रै फर्कन्छौँ।’   अध्यक्ष महतोले काठमाडौँबाट खाली…

    विस्तृतमा पढ्नुस्

  • चीनको रेलबाट आएका सामान आज रसुवागढी पुग्ने, के-के छन् सामान?

    चीनको रेलबाट आएका सामान आज रसुवागढी पुग्ने, के-के छन् सामान?

    धुन्चे (रसुवा) : नेपाल–चीनबीचको उत्तरी नाका रसुवागढीमा चीनको रेल सेवामार्फत आएको सामग्री नेपाल भित्रने तयारी भइरहेको छ।  काठमाडौँमा व्यवसायीले मगाएका विभिन्न प्रकारका व्यावसायिक सामान सिगात्सेसम्म रेल र केरुङ, पाङसाङसम्म ट्रकमा आइपुगेका छन्। नेपाल पठाउन बिहीबार अपराह्नदेखि नेपाली कन्टेनरमा लोड गर्ने कार्य सुरु भइसकेको चिनियाँ ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टेसनले टेलिफोनमार्फत् जनाएको छ। केरुङको पाङसाङबाट रसुवागढीसम्मको दूरी ३२ किमी छ।  चिनियाँ ब्रान्डका…

    विस्तृतमा पढ्नुस्

  • अपहरणमा संलग्न ​दुई प्रहरीसहित चार जना जेल चलान

    वीरगन्ज : व्यापारी अपहरणको अभियोगमा पक्राउ परेका दुई प्रहरी जवानसहित चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ।   वीरगन्ज उपमहानगरपालिका–१९ निवासी राजेशकुमार साह कानुलाई अपहरण गरी चार लाख रुपैयाँ फिरौती लिएको अभियोगमा उनीहरुमाथि कारबाही चलाइएको हो। पक्राउ परेका वीरगन्ज–१८ निवासी प्रहरी जवान अरविन्द सिंह, प्रहरी जवान विनय सिंह, दीपक सिंह र वीरगन्ज–१४ का भगवान सिंहलाई अदालतले…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले बजारै बगायो, दुईको मृत्यु, १० बेपत्ता

    पहिरोले बजारै बगायो, दुईको मृत्यु, १० बेपत्ता

    रुपेन्द्र ऐडी- कालीकोट : गएराति ११ बजे जिल्लाको कोटवाडा गाविसमा पर्ने स्थानीय मुख्य हाटबजार लालिघाटमा गएको पहिरोले बजार बगाउँदा तीन जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।  पहिरोले बजारमा रहेका दुई दर्जनभन्दा बढी पसल बगाएको छ भने पहिरोमा करिब रु २० करोड बराबरको सामान क्षति भएको बुझिएको छ।  पहिरो गएपछि जिल्ला सदरमुकामबाट प्रहरी लगायतको टोली उद्धारका लागि…

    विस्तृतमा पढ्नुस्

  • ​राष्ट्रपति नवलपरासीको रामग्राम स्तुप आउँदै

    ​राष्ट्रपति नवलपरासीको रामग्राम स्तुप आउँदै

    नवलपरासी : राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी हुँदै नवलपरासी आउने भएकी छन्। राष्ट्रपति भण्डारी पहिले लुम्बिनी, त्यसपश्चात् तिलौराकोट र दिउँसो नवलपरासीको रामग्राम स्तुप आउने मौखिक जानकारी आएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।   सो अनुसारको सुरक्षा व्यवस्थापन मिलाइएको बताउँदै प्रजिअ पन्थले भने, “हामीलाई लिखित पत्र आएको छैन तर पनि मौखिक रुपमा राष्ट्रपति भण्डारी भगवान् गौतमबुद्धको अस्थिधातु रहेको…

    विस्तृतमा पढ्नुस्

  • लमजुङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

    लमजुङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

    मदन वाग्ले               दमौली  : तनहुँको दमौलीबाट दुईपिप्ले, सोतीपसल हुँदै जिताकोट जाँदै गरेको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। बिहीबार साँझ मध्यनेपाल नगरपालिका–५ तामाखानीस्थित तारेभीरबाट करिब तीन सय मिटर तल खस्दा  दुर्घटना भएको थियो।   मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घटनास्थलमै नौ जनाको र उपचारक्रममा अरु दुईको मृत्यु भएको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • ​शशांक कोइरालाको दाबी- ‘ओली सरकार आफैं गिर्छ, कसैले गिराउनु पर्दैन’

    ​शशांक कोइरालाको दाबी- ‘ओली सरकार आफैं गिर्छ, कसैले गिराउनु पर्दैन’

    दाङ :  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले हिन्दु राष्ट्र र प्रदेशको सीमांकन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताएका छन्।   रिपोर्टर्स क्लब दाङले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा कोइरालाले जनताले चाहेमा सबै कुरा परिवर्तन हुने बताए। अहिलेको संविधान परिवर्तनीय भएकाले विवादित कुरालाई जनताले टुंगो लगाउन पाउनुपर्ने उनको भनाइ थियो।   ‘८० प्रतिशत हिन्दु भएको देशलाई कसरी धर्मनिरपेक्ष घोषणा…

    विस्तृतमा पढ्नुस्

  • यार्सागुम्बा टिप्न बन्दुक पड्काउने तयारी

    रुकुम (रन्मा मैकोट) : रुकुममा यसपटक बन्दुक पड्काएर यार्सा टिप्ने कामको औपचारिक सुरुवात गरिने भएको छ।   यार्सागुम्बाको प्रचारप्रसारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने भन्दै उत्तरपूर्वी क्षेत्रस्थित रन्मा मैकोट गाविसको पुपालमा पहिलो पटक यार्सागुम्बा महोत्सवको आयोजना गरिँदै छ।   जैविक विविधता दिवसको अवसर जेठ ९ गतेदेखि २३ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक लक्ष्मीप्रसाद पुनले जानकारी दिए। महोत्सव आयोजना…

    विस्तृतमा पढ्नुस्

  • अधिकतम लचकता अपनाइने भन्दै आन्दोलनरत दललाई वार्तामा आउन सरकारको आह्वान

    अधिकतम लचकता अपनाइने भन्दै आन्दोलनरत दललाई वार्तामा आउन सरकारको आह्वान

    काठमाडौँ : राजधानीकेन्द्रित आन्दोलन तताइरहेका मधेसी मोर्चासहितका दललाई वार्ता र संवादमा आउन सरकारले पुनः आह्वान गरेको छ।   सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट अधिकतम लचकताका साथ वार्ता आह्वान गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए।   आन्दोलनरत पक्षका मागलाई वार्ता, संवाद र सहमतिबाटै पार लगाउनका लागि सरकारले पुन: वार्ता आह्वान गरेको उनले बताए। राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • अवैध बाटो भई पाकिस्तान लगिँदै गरेकी किशोरीको उद्धार

    भीमदत्तनगर : भारतको बाटो हुँदै पाकिस्तान पुर्‍याउन सक्ने सूचनाका आधारमा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट एक युवतीको उद्धार गरिएको छ। ​ माइती नेपाल कञ्चनपुरले पोखरा भदौरेकी किशोरीको उद्धार गरेको हो। ‘नेपालबाट पाकिस्तानका लागि भन्दै अवैध बाटोको प्रयोग गर्न सक्ने बुझियो,’ माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘त्यहाँ गएर मानव बेचबिखनमा पर्न सक्ने भएकाले हामीले उद्धार गरेका हौं।’   उद्धार गरिएकी किशोरीसँगै…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथाको चुचुरोमा १ सय ५० आरोही

    सगरमाथाको चुचुरोमा १ सय ५० आरोही

    काठमाडौँ : सगरमाथा आरोहण सुरु भएको नवौँ दिन आजमात्रै १ सय ५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्।   संयुक्त अरब इमिरेट्स (युएई) को सैनिक टोलीसहित एक दिनमै १ सय ५० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।   कुन देशका कति आरोही चुचुरोमा पुगे भन्ने यकिन विवरण आइसकेको छैन। अझै…

    विस्तृतमा पढ्नुस्

  • ​सडकबाट ट्रक खस्दा ६ जना घाइते, २ को अवस्था गम्भीर

    पाँचथर : पाँचथरको एकतिनबाट फिदिमतर्फ आउँदै गरेको मालबाहक ट्रक दुर्घटना हुँदा छ जना घाइते भएका छन्। गोलिया बोकेर आइरहेको मे१ख १८६६ नम्बरको ट्रक एकतिन–२ स्थित पञ्चमुखी छेउमा सडकबाट खस्दा दुर्घटनामा परेको थियो। घाइतेमध्ये दुईको अवस्था गम्भीर छ। गम्भीर घाइते पाँचथर इम्बुङ–८ बस्ने २६ वर्षीय शङ्कर कटुवाल र सोही ठाउँका ३० वर्षीय डिल्लीराम बानियाँको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढबाट लमजुङ जाँदै गरेको बस दुर्घटना, आठको मृत्यु

    नारायणगढबाट लमजुङ जाँदै गरेको बस दुर्घटना, आठको मृत्यु

    बेँसीसहर : लमजुङको मध्यनेपाल नगरपालिका–५ तामाखानी भन्ने ठाउँमा आज साँझ बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ।  नारायणगढबाट लमजुङ जिताकोट जान हिँडेको ना१ख ४१२६ नंको बस दुर्घटना हुँदासात जना घाइते भएका छन्। मृतकको सनाखत भएको छैन। घटनाको विस्तृत जानकारी आउन बाँकी रहे पनि बस सडकबाट २०० मि तल खसेको र बसका सहचालकले बस चलाएको बुझिन आएको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell