PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

यार्सा सङ्कलन गर्न गएका युवाको मृत्यु



रासस

बैतडी : दार्चुलामा यार्सा सङ्कलन गर्न हिँडेका एक युवक आज मृत फेला परेका छन्।
 
मृत्यु हुनेमा बैतडी घर भई हाल डडेल्धुराको परशुराम नगरपालिका बस्दै आएका २६ वर्षीय महेश बोहरा रहेका छन्।
 
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार उनी सितोलाको चाइमटेला लेकबाट यार्सा नपाएपछि बिहीबार घर फर्किन हिँडेका र घर नफर्केपछि खोजी गर्दा आज बिहान सितोलाकै जन्नीगाउँ जङ्गलमा मृत फेला परेका हुन्।
 
बोहराको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell