PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सगरमाथाको चुचुरोमा १ सय ५० आरोही



रासस

सगरमाथाको चुचुरोमा १ सय ५० आरोही

काठमाडौँ : सगरमाथा आरोहण सुरु भएको नवौँ दिन आजमात्रै १ सय ५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्।
 
संयुक्त अरब इमिरेट्स (युएई) को सैनिक टोलीसहित एक दिनमै १ सय ५० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
 
कुन देशका कति आरोही चुचुरोमा पुगे भन्ने यकिन विवरण आइसकेको छैन। अझै धेरै आरोही चुचुरोमा पुग्ने क्रममा रहेको श्रेष्ठले बताए।
 
 प्रतिकूल मौसम भएपछि यसअघि मंगलबार र बुधबार कुनै आरोहण हुन सकेको थिएन। सगरमाथाको चुचुरो नजिक हावा चलेका कारण दुई दिन आरोहण रोकिएको थियो। वसन्त ऋतुको यो मौसममा वैशाख २९ देखि आरोहण सुरु भएको हो। जेठ ३ गतेसम्ममा ८८ जना स्वदेशी तथा विदेशी आरोहीले सगरमाथा आरोहण गरेका थिए।
 
पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्यांकअनुसार सगरमाथा सहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका १ हजार ४३२ पर्यटक गएका छन्। तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका छन्।
फोटो :rmiguides.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell