PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बाढीले बगाएको १० हेक्टर नेपाली भूमि भारतमा परिणत



रासस

बैतडी : तीन वर्षअघि महाकाली नदीमा आएको विनाशकारी बाढीले बगाएर दार्चुलामा रहेको नेपाली भूमि भारतमा परिणत भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले गरेको अध्ययनले महाकालीमा आएको बाढीले नेपालको १० हेक्टर जमिन भारतमा गएको देखाएको हो।
 
महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाममा मात्रै रु ७ अर्ब ९० करोड बराबरको क्षति भएको अनुसन्धानकर्ता अध्ययन टोली प्रमुख डा महेन्द्रबहादुर गुरुङले बताए।
 
सन् २०१४ को फेब्रुअरीबाट अनुसन्धान थालिएको थियो। व्यक्तिगत क्षति, सार्वजनिक क्षति र अप्रत्यक्ष क्षतिको जानकारी लिई तथ्यांक तयार पारिएको हो। बाढीले पुर्‍याएको क्षति र यसको जलवायु परिवर्तनसँगको सम्बन्धका बारेमा अनुसन्धान गरेपछि क्षतिको विवरण आएको उनले बताए।
 
बाढीपछि दार्चुला सदरमुकामवासीमा मनोवैज्ञानिक त्राससमेत देखिएको अनुसन्धानकर्ता केदारचन्द्र भट्टको भनाइ छ।

महाकाली नदीमा २०७० असार २ र ३ गते बाढी आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell