PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नारायणगढबाट लमजुङ जाँदै गरेको बस दुर्घटना, आठको मृत्यु



रासस

नारायणगढबाट लमजुङ जाँदै गरेको बस दुर्घटना, आठको मृत्यु

बेँसीसहर : लमजुङको मध्यनेपाल नगरपालिका–५ तामाखानी भन्ने ठाउँमा आज साँझ बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ। 

नारायणगढबाट लमजुङ जिताकोट जान हिँडेको ना१ख ४१२६ नंको बस दुर्घटना हुँदासात जना घाइते भएका छन्। मृतकको सनाखत भएको छैन।

घटनाको विस्तृत जानकारी आउन बाँकी रहे पनि बस सडकबाट २०० मि तल खसेको र बसका सहचालकले बस चलाएको बुझिन आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। रासस 

​फोटो साभार : दीपेन्द्र श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell