PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • सगरमाथा आरोहण क्रममा ज्यान गुमाउनेको संख्या चार पुग्यो

    सगरमाथा आरोहण क्रममा ज्यान गुमाउनेको संख्या चार पुग्यो

    सोलुखुम्बु : वैशाख २९ गतेदेखि सुरु भएको सगरमाथा आरोहण क्रममा अहिलेसम्म चार आरोहीको ज्यान गुमाएका छन्।   यो सिजनको सुरुवातमा कुनै दु:खद दुर्घटना नभएपछि उत्साहित बनेका आरोही गत बिहीबार २५ वर्षीय फुर्वा शेर्पाको ज्यान गएपछि निराश बने। त्यसपछि अरु तीन जनाले ज्यान गुमाएका छन्। हालसम्म यो वर्ष सगरमाथामा ज्यान गुमाउनेको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नयाब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • ​सात हजार प्रहरी राज्यको तलब खाई व्यक्तिको घरमा खटिँदै, कसकहाँ कति सुरक्षाकर्मी?

    नारायण न्यौपाने - काठमाडौँ : नेपाल प्रहरीको हालको सङ्ख्याको १० प्रतिशत अर्थात् झन्डै सात हजार जनशक्ति राज्यको तलबभत्ता खाएर व्यक्तिका घरको कामकाजमा खटिरहेको तथ्याङ्क व्यवस्थापिका–संसद्, सुशासन समितिको आजको बैठकमा प्रस्तुत गरिएको छ। ​ बैठकले सुरक्षाको बहानामा राज्यको ढुकुटी नै रित्याउने गरी बाँचुन्जेल सुविधा प्राप्त गर्ने प्रवृत्तिलाई संसदीय समितिले निरुत्साहन गर्ने अठोट व्यक्त गरेको छ ।  बैठकमा पूर्वपदाधिकारीले प्राप्त गरिरहेको सेवा…

    विस्तृतमा पढ्नुस्

  • ​९० मेगावाट विद्युत आपूर्ति घट्यो, लोडसेडिङमा केही असर पर्ला?

    काठमाडौँ : कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा देखिएको समस्या समाधानका लागि एक हप्ता परियोजना बन्द गरिएको छ।   स्याङ्जाको मिर्मीमा रहेको आयोजना मर्मतका लागि मंगलबार बिहानदेखि बन्द गरिएको आयोजना प्रमुख श्रीरामराज पाण्डेले जानकारी दिए।   प्रमुख पाण्डेका अनुसार सुरुङबाट पेनस्टक हुँदै टर्वाइनसम्म पानी पठाउने पाइपको मुख्यद्वारमा समस्या देखिएपछि मर्मतका लागि उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो। उनले कम्तीमा पनि मर्मतका…

    विस्तृतमा पढ्नुस्

  • ‘उखान टुक्काले चुलो बलेन’ भन्दै बालुवाटारअगाडि रित्तो सिलिन्डर प्रदर्शन

    काठमाडौँ : सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सघ काठमाडौँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि विरोध प्रदर्शन गरेको छ।   ‘उखान टुक्काले चुलो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’ लगायतका नारा लगाउँदै उनीहरुले एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रदर्शन गरेका थिए।   कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेता दीपक भट्टराईले कालोबजारी, महँगी र शैक्षिक…

    विस्तृतमा पढ्नुस्

  • विवाहमा झगडा हुँदा घाइते भएका युवकको मृत्यु, आठ जना पक्राउ

    भोजपुर : विवाहमा झगडा हुँदा भोजपुरको दक्षिणी खैराङ गाविसमा एक युवकको मुत्यु भएको छ।   खैराङ–५ का २७ वर्षीय वीरेन्द्र राईको विवाहमा झगडा हुँदा मृत्यु भएको हो। गत जेठ ६ गते बिहीबार राति विवाहस्थलमै झगडा हुँदा उनी गम्भीर घाइते भएका थिए।   थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटैमा निधन भएको प्रहरीले जनाएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • ​विष सेवन गरेपछि श्रीमतीले ज्यान गुमाइन्, श्रीमान् सिकिस्त

    बैतडी :  विष सेवन गरेपछि बझाङमा एक महिलाको ज्यान गएको छ। उनका श्रीमान् बिरामी परेका छन्।   विष सेवनबाट आइतबार राति सो घटना भएको हो। मृत्यु हुनेमा गडराय–८ घर्तीबाडाकी २३ वर्षीया तारादेवी सिंह रहेकी छिन्। उनका श्रीमान् २४ वर्षीय प्रभु सिंह भने बिरामी भएका छन्। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले बताए। घटनाको थप अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा आरोहण क्रममा एक भारतीयको मृत्यु, तीन नेपालीसहित पाँच आरोही सम्पर्कविहीन

    काठमाडौं : सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ। केही आरोही सम्पर्कविहीन छन्। भारतीय नागरिक सुवास पलको आइतबार राति मृत्यु भएको पर्यटन विभागले जनाएको छ।   सगरमाथाको अन्तिम बिन्दुनजिक तीन नेपाली र तीन भारतीय गरी छ जना आरोही सम्पर्कविहीन भएका थिए। तीमध्ये भारतीय महिला सुनिता हजारा क्याम्प तीनबाट सम्पर्कमा आएको र उनलाई उद्धार गरी क्याम्प दुईमा ल्याउने प्रयास भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • ​चालिस हजार घुससहित शिक्षा कार्यालयका कर्मचारी पक्राउ

    सप्तरी : सप्तरीका एकजना शिक्षकलाई सरुवा गराइदिने बहानामा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहायक वीरेन्द्र कुसियैत यादवलाई ४० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ।  गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले राजविराज–८ स्थित एक घरमा यादवलाई ४० हजार घुससहित रङ्गेहात पक्राउ गरिएको…

    विस्तृतमा पढ्नुस्

  • पाँच जनाको ज्यान लिने पहिरोको त्रास कायमै, आतंकित व्यापारीको बास ओडारमा

    पाँच जनाको ज्यान लिने पहिरोको त्रास कायमै, आतंकित व्यापारीको बास ओडारमा

    कालिकोट : तीन दिनअघि आएको पहिरोले पाँच जनाको ज्यानमात्रै लिएन, दुई जनालाई बेपत्ता नै बनाइदियो। पाँच जना अहिले अस्पतालमा उपचार गराइरहेका छन्। ठूलो दुर्घटना निम्त्याउँदै पहिरो आयो र सर्वस्व सोहोरेर लग्यो। पानी पर्नासाथै अहिले पनि स्थानीयमा त्रासको मात्रा उत्ति नै छ। फेरि उस्तै पहिरो आएर बाँकीलाई समेत सोहोरेर लैजाने त होइन? गएको शुक्रबार कोटवाडा गाविसको लालिघाटस्थित गेजबजारमा आएको पहिरोको त्रासले…

    विस्तृतमा पढ्नुस्

  • सञ्चारमन्त्रीले भने- ‘सञ्चारगृह टिक्नेगरी पत्रकारको न्युनतम पारिश्रमिक लागू हुन्छ’

    सञ्चारमन्त्रीले भने- ‘सञ्चारगृह टिक्नेगरी पत्रकारको न्युनतम पारिश्रमिक लागू हुन्छ’

    काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आगामी बजेटमार्फत समग्र सञ्चार क्षेत्रलाई सम्बोधन हुने गरी कार्यक्रम आउने बताएका छन्।   सूचना तथा सञ्चार मन्त्रालयमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षणपत्र बुझ्दै उनले इतिहासमा पहिलोपटक सञ्चार र प्रेस जगतलाई सम्बोधन हुनेगरी बजेट ल्याउन लागिएको जानकारी गराए। ‘हामीले अहिलेको बजेटमा सञ्चार र प्रेसका मुद्दालाई सम्बोधन गर्ने गरी बजेट ल्याउने तयारी गरिरहेका छौँ,’ उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • एकताको हावाहुरीले पार्टीका पतिङ्गरलाई उडायो : सिपी गजुरेल

    एकताको हावाहुरीले पार्टीका पतिङ्गरलाई उडायो : सिपी गजुरेल

    सिन्धुलीमाढी : नेकपा माओवादी क्रान्तिकारीका उपाध्यक्ष सिपी गजुरेलले नराम्रा व्यक्तिहरुले पार्टी छाडेकाले बल्ल पार्टी शुद्धीकरण भएको जिकिर गरेका छन्।   नेकपा माओवादी क्रान्त्रिकारी सिन्धुली जिल्ला समितिले आज सिन्धुलीमाढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले कम्युनिस्ट आन्दोलनका अस्तित्वहीन व्यक्तिहरुले पार्टी छाड्दैमा कुनै असर नपर्ने दाबी गरे।     ‘अहिले एकताको खुब ठूलो हावाहुरी चलेको छ,’ उनले भने, ‘पार्टीका केही पतिङ्गरलाई त्यही हावाहुरीले उडाएर…

    विस्तृतमा पढ्नुस्

  • ​मधेसी मोर्चाको संविधान संशोधन सहितका मागमा छलफल गर्न प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी दलले संविधान संशोधनका विषयमा माग राखी आन्दोलन गरिरहेको विषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका छन्। सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी काँग्रेस र आन्दोलनरत मधेस केन्द्रित दललाई समेत बैठकमा आमन्त्रण गरिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान १० : ३० बजे हुने छलफलमा संसदमा रहेका सबै दललाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • ​एम्बुलेन्स किन्‍न सांसदले दिए ५ लाख

    कञ्चनपुर : सांसद बहादुरसिंह थापाले कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको सनवोरा कृषि सहकारी संस्था लिमिटेड झलारीलाई एम्बुलेन्स खरिदका लागि रकम सहयोग गरेका छन्।  निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सहकारीलाई पाँच लाख ५० हजार रुपैयाँ सांसद थापाले सहयोग गरेका हुन्। एम्बुलेन्स खरिदका लागि सांसद थापाले दिएको रकममा सहकारीले चार लाख थपेर एम्बुलेन्स खरिद गर्ने योजना बनाएको सहकारीका अध्यक्ष हरेन्द्र भण्डारीले बताए।  …

    विस्तृतमा पढ्नुस्

  • ​कुपन देखाए मात्रै पानी भर्न पाइने, वस्तुभाउ हुनेलाई तीन, नहुनेलाई दुई गाग्री

    ​कुपन देखाए मात्रै पानी भर्न पाइने, वस्तुभाउ हुनेलाई तीन, नहुनेलाई दुई गाग्री

    प्रशन्न पोखरेल गोरखा : सदरमुकाम गोरखाको ढुङ्गेधारामा पानी थाप्न अनिवार्य रुपमा ‘कुपन’ देखाउनुपर्ने नियम बनेको छ। भूकम्पपछि धारामा पानीको स्रोत घटेको तर उपभोग गर्ने उपभोक्ताको चाप बढेपछि बराह खानेपानी उपभोक्ता समितिले डेरावाल र घरबेटीलाई एक एक थान कुपन बाँड्यो र यो नियम कार्यान्वयनमा आयो।  पानी लिन धारा पुगेका उपभोक्ताले समितिले खटाएको प्रतिनिधिलाई कुपन देखाएपछि मात्रै पालोमा पानी भर्न पाउँछन् ।…

    विस्तृतमा पढ्नुस्

  • ​सशस्त्रको गणमा बम पड्किँयो, हवल्दार सहित ८ घाइते

    तनहुँ : भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आइतबार दिउँसो बम पड्किँदा आठ सशस्त्र प्रहरी घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।  तालिमका क्रममा अकस्मात् ग्रिनेड बम पड्किँदा एक सशस्त्र प्रहरी हबल्दारसहित सातजना घाइते भएका हुन्। सशस्त्र प्रहरी हबल्दार दीपेशकुमार चौधरी र सशस्त्र सहायक हबल्दार प्रेमबहादुर थापाको अवस्था गम्भीर रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका…

    विस्तृतमा पढ्नुस्

  • पर्खाल भत्किँदा भारतीय कामदारको मृत्यु

    लहान : सिरहाको लहानमा आज अपराह्न निर्माणाधीन घरको पर्खाल भत्किँदा एक कामदारको मृत्यु भएको छ।  लहान नगरपालिका–७ स्थित बनु पासवानको निर्माणाधीन घरको पर्खाल भत्किएर किच्दा सोही घर निर्माणमा खटिएका कामदार भारत जयनगरका ५० वर्षीय वसन्त पासवानको मृत्यु भएको हो। पर्खालले किचिएर गम्भीर घाइते भएका पासवानलाई उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • कपाल काटेर सैलुनको उद्घाटन गर्दै पशुपतिशमशेरले भने- मधेसमा दुई प्रदेश हुनुपर्छ

    कपाल काटेर सैलुनको उद्घाटन गर्दै पशुपतिशमशेरले भने- मधेसमा दुई प्रदेश हुनुपर्छ

    ​काठमाडौँ :  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले दरबारमार्गस्थित अन्नपूर्ण होटलको परिसरमा रहेको अन्नपूर्ण सैलुनको आज उद्घाटन गरे।  उद्घाटनका क्रममा आफ्नै कपाल कटाउन लगाएका राणाले कार्यक्रममा राजनीतिक भाषण पनि गरे। उनले मधेस आन्दोलनलाई समाधान गर्न आफ्नो पार्टीले त्यस क्षेत्रमा दुई प्रदेश बनाउनुपर्ने माग गरेको बताए। त्यस्तै  संविधान कार्यान्वयनका लागि दलबीच समन्वय हुनु जरुरी रहेको औँल्याउँदै तत्काल राष्ट्रिय सरकार गठन…

    विस्तृतमा पढ्नुस्

  • ३७८ पुगे सगरमाथा शिखरमा, २ भारतीय भने सगरमाथामै वेपत्ता

    काठमाडौँ : सगरमाथा आरोहण प्रारम्भ भएको १२औँ दिन आज २५ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्।   यसअघि शनिबार ५० भन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए। यससहित वसन्तऋतुको यो मौसममा आजसम्म ३७८ स्वदेशी तथा विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्।       आज २५ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको र कुन देशका…

    विस्तृतमा पढ्नुस्

  • ओलीको दावी : नवप्रवर्तनात्मक प्रधानमन्त्री बन्छु

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नयाँ बजेटसँगै विकासको तीव्र गतिका साथ मुलुकलाई अघि बढाउने बताएका छन्।   प्रेस चौतारी नेपालको नवनिर्वाचित केन्द्रीय समितिलाई आज आफ्नो सरकारी निवास बालुवाटारमा बधाई तथा शुभकामना दिँदै उनले आगामी एक वर्षभित्र दुनियाँको ध्यान नेपालप्रति आकर्षित हुने गरी नयाँ योजनाका साथ विकास निर्माणका काम गरिने उल्लेख गरे।   उनले आफू केबल नियुक्ति (फोटो टाँस्ने)…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका पठाउने भन्दै यसरी ठगे

    पोखरा : अमेरिका पठाइदिन्छु भन्दै केटी साथीलाई ठगी गर्ने तनहुँ मनपाङ गाविस–२ शेराटार घर भई हाल चितवनको पार्वतीपुर बस्ने २७ वर्षीय राज भन्ने चित्रकुमार श्रेष्ठलाई प्रहरीले आज पोखराबाट पक्राउ गरेको छ।      उनले आकास घलेको फेसबुक तथा भाइवरबाट केटी साथी बनाइ आफू शेष घलेको छोरा भएको र हाल अमेरिकामा बस्दै आएको बताउने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।     …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell