PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

​विष सेवन गरेपछि श्रीमतीले ज्यान गुमाइन्, श्रीमान् सिकिस्त



रासस

बैतडी :  विष सेवन गरेपछि बझाङमा एक महिलाको ज्यान गएको छ। उनका श्रीमान् बिरामी परेका छन्।
 
विष सेवनबाट आइतबार राति सो घटना भएको हो। मृत्यु हुनेमा गडराय–८ घर्तीबाडाकी २३ वर्षीया तारादेवी सिंह रहेकी छिन्। उनका श्रीमान् २४ वर्षीय प्रभु सिंह भने बिरामी भएका छन्।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले बताए। घटनाको थप अनुसन्धान भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell