PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

विवाहमा झगडा हुँदा घाइते भएका युवकको मृत्यु, आठ जना पक्राउ



रासस

भोजपुर : विवाहमा झगडा हुँदा भोजपुरको दक्षिणी खैराङ गाविसमा एक युवकको मुत्यु भएको छ।
 
खैराङ–५ का २७ वर्षीय वीरेन्द्र राईको विवाहमा झगडा हुँदा मृत्यु भएको हो। गत जेठ ६ गते बिहीबार राति विवाहस्थलमै झगडा हुँदा उनी गम्भीर घाइते भएका थिए।
 
थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटैमा निधन भएको प्रहरीले जनाएको छ।
 
हत्या आरोपमा खैराङका आठ जना पक्राउ परेका छन्। पक्राउ परेका आरोपीलाई आइतबार सदरमुकाम ल्याई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
 
हत्याका आरोपीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell