PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अमेरिका पठाउने भन्दै यसरी ठगे



रासस

पोखरा : अमेरिका पठाइदिन्छु भन्दै केटी साथीलाई ठगी गर्ने तनहुँ मनपाङ गाविस–२ शेराटार घर भई हाल चितवनको पार्वतीपुर बस्ने २७ वर्षीय राज भन्ने चित्रकुमार श्रेष्ठलाई प्रहरीले आज पोखराबाट पक्राउ गरेको छ।
    
उनले आकास घलेको फेसबुक तथा भाइवरबाट केटी साथी बनाइ आफू शेष घलेको छोरा भएको र हाल अमेरिकामा बस्दै आएको बताउने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
    
तपाईहरु अमेरिकामा आउने हो भने नेपालमा मेरो साथी छ उसलाई भेट्नुस् भनेर सम्पर्क नम्बर लिने र आफैँ आकास घलेको साथी बनी भेट्ने र केटीलाई अमेरिका पठाइदिने आश्वासन दिँदै ठगी गर्ने गरेकाले निजलाई पक्राउ गरी वडा प्रहरी कार्यालय बैदामबाट थप अनुसन्धान भइरहेको बताइएको छ।
    
प्रारम्भिक सोधपुछका क्रममा निज विगत १० वर्षदेखि मलेसियामा अवैध कामदारका रुपमा काम गरी गत वैशाख २५ गते नेपाल फर्किएको र निजले विभिन्न बहाना बनाइ ठगी गर्ने गरेकोसमेत स्वीकारेको बताइएको छ।
    
यस्तै प्रकृतिको घटना कसैसँग घटेको भए वडा प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत प्रहरीले सबैसँग आग्रह गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell