PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

​मधेसी मोर्चाको संविधान संशोधन सहितका मागमा छलफल गर्न प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक



रासस

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी दलले संविधान संशोधनका विषयमा माग राखी आन्दोलन गरिरहेको विषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका छन्।

सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी काँग्रेस र आन्दोलनरत मधेस केन्द्रित दललाई समेत बैठकमा आमन्त्रण गरिएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान १० : ३० बजे हुने छलफलमा संसदमा रहेका सबै दललाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell