PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • पूर्व अर्थमन्त्रीहरुले सोमबारको संसद बैठकमा बजेटको चिरफार गर्ने

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले शनिबार प्रस्तुत गरेको आगामी आवको बजेट वक्तव्यका सम्बन्धमा पार्टीका तर्फबाट प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिएको छ ।  पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आइतबार बसेको संसदीय दलको बैठकले सोमबार बस्ने सदनको बैठकमा पूर्वअर्थमन्त्री डा रामशरण महतले पार्टीको तर्फबाट धारणा राख्ने निर्णय गरेको छ ।  बजेट वितरणमुखी भन्दै…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई भेटेर उत्तरकोरियाली राजदूतले भने- साम्राज्यवादीको नाकाबन्दीको सामना गर्न सक्छौँ

    काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ हकबीच आइतबार भेटवार्ता भएको छ ।  आफ्नै निवास लाजिम्पाटमा भएको भेटवार्तामा दाहालले राजदूत हकमार्फत भर्खरै सम्पन्न कोरियाली श्रमिक पार्टीको सातौं राष्ट्रिय काँग्रेसबाट निर्वाचित अध्यक्ष तथा जनसेनाका सर्वोच्च कमाण्डर किम जोङ उनलाई बधाई तथा शुभकामना दिए।  भेटवार्तामा राजदूत हकले नेपाल र कोरिया मिल्दा जुल्दा…

    विस्तृतमा पढ्नुस्

  • ओलीले पेनाल्टी मिस गरेपछि प्रधानमन्त्रीको टोली मुख्यसचिवसँग पराजित

    काठमाडौँ : नवौँ गणतन्त्र दिवसका उपलक्ष्यमा प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रीपूर्ण फुटबल खेल भएको छ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा मुख्य सचिवको टोलीले प्रधानमन्त्रीको टोलीलाई ३–२ गोलअन्तरले पराजित ग¥यो ।  खेल २–२ को बराबरीका अवस्थामा अन्तिम समयमा पाएको प्यानल्टी किक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरे। तर उनले प्रहार गरेको बल विपक्षी…

    विस्तृतमा पढ्नुस्

  • ९ वर्षीया छोरीलाई ​बलात्कार गर्ने बाबु पक्राउ

    गोरखा : छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–११ नौकिलोका ४४ वर्षीय चन्द्रबहादुर कुमाललाई पक्राउ गरेको छ।   आफ्नी ९ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।   सात/आठ दिनपहिले चन्द्रबहादुरले छोरीलाई बलात्कार प्रयास गर्दा छोरी नमानेपछि कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ। बाबु चन्द्रबहादुरलाई नियन्त्रणमा लिएर…

    विस्तृतमा पढ्नुस्

  • सामुदायिक विद्यालयको साढे ६ करोड खर्च हुन सकेन, फ्रिज हुन नदिन हतारमा काम

    तुलसीपुर (दाङ) : आर्थिक वर्ष सकिनै लाग्दा दाङमा भने सामुदायिक विद्यालयको भौतिक सुधारका लागि विनियोजित साढे ६ करोड बजेट खर्च हुन सकेको छैन।   जिल्ला शिक्षा कार्यालय दाङका अनुसार सामुदायिक विद्यालयको भौतिक सुधार कार्यक्रमका लागि छुट्याएको रु १२ करोड २० लाखमध्ये साढे ६ करोड खर्च हुन नसकेको हो।   यस कार्यक्रमका लागि २३८ वटा योजना सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक क्रान्तिको अगुवाइ एमालेले गर्छ : नेपाल

    आर्थिक क्रान्तिको अगुवाइ एमालेले गर्छ : नेपाल

    पोखरा : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीसँगको सहमति राष्ट्रिय सहमतिका लागि भएको बताएका छन्।   प्रेस चौतारी नेपालले पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयन, राष्ट्रिय आवश्यकता र चुनौतीको सामना गर्न राष्ट्रिय सहमतिका लागि एमाले तयार रहेको बताए। संक्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नभएको उनको भनाइ छ।   सरकारले प्रस्तुत गरेको बजेट जनमुखी भएको…

    विस्तृतमा पढ्नुस्

  • अज्ञात समूहद्वारा दुई एक्स्काभेटरमा आगजनी

    तनहुँ : घाँसीकुवा–६ रामथुम्कीस्थित चुनखानी निकाल्न प्रयोग गरिएको दुई एक्स्काभेटरमा गएराति अज्ञात समूहले आगजनी गरेका छन्।   आगजनीबाट दुवै एक्स्काभेटर जलेर पूर्णरुपमा क्षति भएको सोमबार बिहान घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका असइ सुरेश सुवेदीले जानकारी दिए।   आगजनीबाट एक्स्काभेटरमा रहेका फलामका सामानबाहेक अन्य प्लास्टिकका सामान सबै जलेका छन्।   घटनास्थल सदरमुकाम दमौलीबाट करिब १३ किलोमिटर पूर्व रहेको भए पनि एकान्त…

    विस्तृतमा पढ्नुस्

  • दोलखामा अमेरिकी सेनाको टोली, पुनर्निर्माणमा ३९ जना खटिने

    दोलखा : सुन्द्रावतीस्थित भूकम्पले भत्काएको विद्यालय निर्माणमा लागि अमेरिकी सेनाको टोली दोलखा आइपुगेको छ।   लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आउने ३९ अमेरिकी सेनामध्ये सोमबार १३ जना आइपुगेका छन्। बाँकी दुईपटक गरेर आउनेछन्। उनीहरुले यहाँ १७ देखि ३२ गतेसम्म काम गर्ने बताइएको छ।   टोलीले भूकम्पबाट क्षति पुगेको सुन्द्रावतीस्थित कालिका उच्च माविको भग्नावशेष हटाएर विद्यालय व्यवस्थित बनाउने नेपाली सेनाको रणभीम गण चरिकोटले…

    विस्तृतमा पढ्नुस्

  • रहेनन् पत्रकार अधिकारी

    ताप्लेजुङ : ताप्लेजुङका पहिलो पत्रकार गोपीकृष्ण अधिकारीको निधन भएको छ। बिरामी भएपछि काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना भएका अधिकारीको उपचारकै क्रममा शनिबार राति निधन भएको उनका छोरा सुशीलले जानकारी दिए। अधिकारीले राष्ट्रिय समाचार समितिको संवाददाता भई काम गरेका थिए।   जिल्लामै पहिलोपटक ‘ताप्लेजुङ साप्ताहिक’ उनकै अगुवाइमा प्रकाशन भएको थियो। ७३ वर्षीय अधिकारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारजनले बताएका छन्।

    विस्तृतमा पढ्नुस्

  • ​अर्थमन्त्रीको राजीनामा माग्दै कांग्रेस नेताहरुले भने- ‘बजेट कोरा कल्पनामात्रै’

    ​अर्थमन्त्रीको राजीनामा माग्दै कांग्रेस नेताहरुले भने- ‘बजेट कोरा कल्पनामात्रै’

    काठमाडौँ : ‘आर्थिक अनुशासन तोडेर ल्याइएको बजेट’ भन्दै नेपाली कांग्रेसले कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ।   व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बिहान बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बजेटमा कार्यान्वयनका लागि नीतिगत एवं संरचनागत व्यवस्था नभएकाले कोरा कल्पनामा सीमित हुने ठहर गरेको हो। छलफलमा नेताहरु विमलेन्द्र निधि, डा रामशरण महत, महेश आचार्य, डा मीनेन्द्र रिजाल, डा…

    विस्तृतमा पढ्नुस्

  • ३६ हजार घरधनीसँग घर बनाउन अनुदान सम्झौता

    काठमाडौं : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट घर क्षति भई अनुदान पाउने १० जिल्लाका ३६ हजार २८७ घरधनीसँग सम्झौता गरेको छ।  प्राधिकरणका अनुसार ओखलढुङ्गामा १० हजार ७३३, रामेछापमा १३ हजार ७९, गोरखामा दुई हजार ३००, धादिङमा ५९९, नुवाकोटमा २८०, रसुवामा २०८, सिन्धुपाल्चोकमा एक हजार ९२७, काभ्रेपलाञ्चोकमा ९००, दोलखामा पाँच हजार १६१ र सिन्धुलीमा एक हजार १०० घरधनीसँग अनुदान सम्झौता गरिएको प्राधिकरणका…

    विस्तृतमा पढ्नुस्

  • विशाल राईको गोलले लिएको अग्रता एक मिनेट पनि टिकेन, लाओससँग नेपाल १-१ को बराबरीमा

    विशाल राईको गोलले लिएको अग्रता एक मिनेट पनि टिकेन, लाओससँग नेपाल १-१ को बराबरीमा

    काठमाडौँ : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल लाओससँग १–१ को बराबरीमा रोकिएको छ।  लाओसमा आइतबार भएको खेलको ७८औँ मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर त्यो अग्रतालाई नेपालले एक मिनेट पनि टिकाउन सकेन ।  लाओसका खेलाडीले ७९औँ मिनेटमै गोल गर्दै बराबरीमा ल्याए। अप्रत्यासित गोल खाएपछि पुनःसम्हालिएको जितकै खोजीमा रहेको नेपालले अन्तिमसम्म प्रयास गरे पनि गोल गर्न सकेन…

    विस्तृतमा पढ्नुस्

  • १० महिनामा ५० दुर्घटना, २९ जनाको मृत्युु

    पोखरा : कास्कीमा १० महिनाको अवधिमा भएका ५० दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ।   जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गएको साउन १ देखि २०७३ वैशाख २१ गतेसम्म भएका दुर्घटनामा २२ पुरुष, ४ महिला र ३ बालकको मृत्यु भएको छ । ​ सो अवधिमा ३४ जना गम्भीर र २० जना साधारण घाइते भएका थिए। यस्तै सो अवधिमा ७७…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टर पल्टिँदा चालकको मृत्यु

    डोटी : डोटीको चवराचौताराबाट दीपायलका लागि आउँदै गरेको से १ त ६६४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  तिखातर–६ स्थित स्यालपाखा भन्ने स्थानमा गएराति ७ बजेतिर दुर्घटना हुँदा ट्र्याक्टर चालक कैलाली घर भएका ४० वर्षीय चन्दु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।  घटनास्थलमा घाइते भएका चन्दुलाई उपचारका लागि सदरमुकाम सिलगढीतर्फ ल्याउँदै गर्दा राति बीच…

    विस्तृतमा पढ्नुस्

  • सोह्र वर्षकी किशोरीले जन्माइन् तिम्ल्याहा

    जुम्ला :  पातारासी–२ तल्फीगाउँकी १६ वर्षीया किशोरी सङ्गीता बोहोराले तीन शिशु जन्माएकी छिन्।  उनले बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ती शिशु जन्माएकी हुन्। पहिलो एक हजार ४०० ग्राम, दोसो ८५० ग्राम र तेस्रो शिशु एक हजार ४०० ग्रामको जन्मिएको अस्पतालका नर्सिङ अधिकृत सविना थापाले जानकारी दिए। पहिलो र दोस्रो शिशु जीवितै अवस्थामा तथा तेस्रो सन्तान छोरी भने मृतावस्थामा…

    विस्तृतमा पढ्नुस्

  • दाइ विदेशमा, भाउजु भगाउन छोराछोरीको हत्या

    दाइ विदेशमा, भाउजु भगाउन छोराछोरीको हत्या

    रामबहादुर थापा-  बागलुङ : गत वैशाख १४ गते आगलागीमा परी मृत्यु भएका भनिएका जिल्लाको बोहोरागाउँ–७ सानोजिरीका दुई बालबालिकाको हत्या भएको खुलासा भएको छ।  सन्तबहादुर घर्तीका ६ वर्षीया छोरी समुन्द्र घर्ती र ३ वर्षीय छोरा मनोज घर्तीको देविस्थान–४ का भीमबहादुर भण्डारीले हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। घर्तीकी श्रीमती २३ वर्षीया कमला घर्तीसँग अनैतिक सम्बन्ध राख्दै आएका भण्डारीले घरमा कोही…

    विस्तृतमा पढ्नुस्

  • मिटर विगार्ने र मोलमोलाइ गर्ने ६ सय ट्याक्सी कारबाहीमा*

     मिटर विगार्ने र मोलमोलाइ गर्ने ६ सय ट्याक्सी कारबाहीमा*

    काठमाडौं: काठमाडौँ उपत्यकामा एक महिनामा ५८२ ट्याक्सी कारबाहीमा परेका छन्।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार मिटरमा जान नमान्ने र पैसाको मोलमोलाई गर्ने ४६१, मिटर बिगारेको वा कल फास्ट गर्ने ६३ र प्रयोजनविपरीत रातो प्लेटलाई भाडाका रुपमा प्रयोग गरेको ५८ रहेका छन्।  महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौँ क्षेत्रमा धेरै ट्याक्सी प्रयोग हुने गरेकामा धेरै ट्याक्सी मिटरमा जान नमान्ने गरेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • ​नाउर र हिउँचितुवाको १० महिने बच्चाको लडाइँ, अन्त्यमा दुवै मारिए

    ​नाउर र हिउँचितुवाको १० महिने बच्चाको लडाइँ, अन्त्यमा दुवै मारिए

    सन्तोष पुर्कुटी-  ताप्लेजुङ : ताप्लेजुङको चार हजार ४०० मिटरको उचाइको लेलेपस्थित राम्जेलमा नाउरले करिब १० महिनाको हिउँ चितुवाको बच्चा मारेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका अधिकृत हेमराज आचार्यले बताएका छन्।  नाउर पनि मरेको छ भने मृत बच्चालाई एक दिनको पैदलमा रहेको घुन्सामा ल्याएर कार्यालय प्राङ्गणमा गाडिएको छ। एकान्तमा गाड्दा उत्खनन हुने आशङ्काले मानवीय बस्तीमै ल्याएर गाडिएको बताइएको छ।  हिउँ चितुवाको मुख्य आहारा…

    विस्तृतमा पढ्नुस्

  • ​भेडाको बगालसँगै भालुको बच्चा भेटियो

    जुम्ला : लोपोन्मुख अवस्थामा रहेको हिमाली भालुको बच्चा जुम्लाको पाण्डुगुफा गाविसमा भेटिएको छ।  पाण्डव गुफास्थित रानीचौरको तिलाचौर वनमा स्थानीय पूर्णबहादुर कार्कीले मङ्गलबार भालुको बच्चा भेटाएका हुन्। सिंजाबाट भालुको बच्चा भेटिएको खबर आएपछि जिल्ला वन कार्यालयबाट कर्मचारीहरु उक्त स्थानमा गएर प्रहरी मुचुल्कासहित जिल्लामा ल्याइएको जिल्ला वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए। भेडी गोठाला कार्कीको भेडाको बगालमा दुईवटा बच्चासहित भालु भेटिएपनि साढे…

    विस्तृतमा पढ्नुस्

  • खडेरीले दुई अर्बको क्षति, सुदूरपश्चिममा निम्तियो खाद्य स‌ङ्कट

    खडेरीले दुई अर्बको क्षति, सुदूरपश्चिममा निम्तियो खाद्य स‌ङ्कट

    बैतडी : लगातारको खडेरीले सुदूरपश्चिममा खाद्य संकटको संकेत देखापरेको छ।   धेरैजसो क्षेत्रमा किसानले हिउँदेबाली लगाउन पाएका छैनन् भने लगाएको ठाउँमा समेत यो वर्ष उत्पादनमा भारी गिरावट आएको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ। सुदूरपश्चिमका २१ नगरपालिका र ३२८ गाविसमध्ये २२३ गाविस बढी प्रभावित भएका छन्।   प्रभावित गाविसका १ लाख ३० हजार २०३ घरधुरी अत्यन्तै प्रभावित छन्। ती परिवारको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell