PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

प्रचण्डलाई भेटेर उत्तरकोरियाली राजदूतले भने- साम्राज्यवादीको नाकाबन्दीको सामना गर्न सक्छौँ



रासस

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ हकबीच आइतबार भेटवार्ता भएको छ । 

आफ्नै निवास लाजिम्पाटमा भएको भेटवार्तामा दाहालले राजदूत हकमार्फत भर्खरै सम्पन्न कोरियाली श्रमिक पार्टीको सातौं राष्ट्रिय काँग्रेसबाट निर्वाचित अध्यक्ष तथा जनसेनाका सर्वोच्च कमाण्डर किम जोङ उनलाई बधाई तथा शुभकामना दिए। 

भेटवार्तामा राजदूत हकले नेपाल र कोरिया मिल्दा जुल्दा देश भएको बताउँदै दुई देशका धेरै विशेषताहरु मिल्दा जुल्दा भएको धारणा राखे। 

उनले भने, ‘‘साम्राज्यवादीको नाकाबन्दी भए तापनि किम जोङ उन र उहाँको नेतृत्वमा आम जनता एकतावद्ध छन् र हामी त्यसको सामना गर्न सक्छौं।’’ 

राजदूत हकले राजनैतिक र सैनिक दुबै हिसाबले आफूहरु शक्तिशाली रहेको पनि बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell