PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विशाल राईको गोलले लिएको अग्रता एक मिनेट पनि टिकेन, लाओससँग नेपाल १-१ को बराबरीमा



रासस

विशाल राईको गोलले लिएको अग्रता एक मिनेट पनि टिकेन, लाओससँग नेपाल १-१ को बराबरीमा

काठमाडौँ : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल लाओससँग १–१ को बराबरीमा रोकिएको छ।  लाओसमा आइतबार भएको खेलको ७८औँ मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर त्यो अग्रतालाई नेपालले एक मिनेट पनि टिकाउन सकेन । 

लाओसका खेलाडीले ७९औँ मिनेटमै गोल गर्दै बराबरीमा ल्याए। अप्रत्यासित गोल खाएपछि पुनःसम्हालिएको जितकै खोजीमा रहेको नेपालले अन्तिमसम्म प्रयास गरे पनि गोल गर्न सकेन र बराबरीमै खेल सकियो। 

लाओसविरुद्ध उत्रिएको नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, विराज महर्जन, आदित्य चौधरी, अनन्त तामाङ, रविन श्रेष्ठ, अन्जन विष्ट (सुनिल बल–६९ मिनेट), सुजल श्रेष्ठ (प्रकाश बुढाथोकी–७३ मिनेट), विक्रम लामा, विशाल राई, नवयुग श्रेष्ठ र भरत खवास थिए। रासस 

​फोटो साभार : एन्फा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell