PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

सामुदायिक विद्यालयको साढे ६ करोड खर्च हुन सकेन, फ्रिज हुन नदिन हतारमा काम



रासस

तुलसीपुर (दाङ) : आर्थिक वर्ष सकिनै लाग्दा दाङमा भने सामुदायिक विद्यालयको भौतिक सुधारका लागि विनियोजित साढे ६ करोड बजेट खर्च हुन सकेको छैन।
 
जिल्ला शिक्षा कार्यालय दाङका अनुसार सामुदायिक विद्यालयको भौतिक सुधार कार्यक्रमका लागि छुट्याएको रु १२ करोड २० लाखमध्ये साढे ६ करोड खर्च हुन नसकेको हो।
 
यस कार्यक्रमका लागि २३८ वटा योजना सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ।
 
जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले भने प्रक्रिया ढिला भएकाले समस्या भएको बताए। सामुदायिक विद्यालयका ठूला योजनाको इस्टिमेटको अख्तियारी वैशाख महिनामा मात्र आएकाले समयमा रकम खर्च गर्न नसकेको उनको भनाइ छ।
 
बजेट फ्रिज हुन नदिन अहिले निर्माण कार्यलाई तीव्र पारिएको छ। विद्यालयको मर्मत सम्भारदेखि चारकोठे भवन निर्माणसम्मका योजना सम्पन्न हुने क्रममा रहेको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell