PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • दोलखा पुगेर प्रचण्डले भने, ‘अब छिट्टै राष्ट्रिय सहमतिको सरकार’

    दोलखा पुगेर प्रचण्डले भने, ‘अब छिट्टै राष्ट्रिय सहमतिको सरकार’

    दोलखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै कांग्रेस, एमाले र मधेसीसहितको राष्ट्रिय एकताको सरकार गठन हुने बताएका छन्।   दोलखा सदरमुकाम चरिकोटमा माओवादी केन्द्र दोलखाको चौथो सम्मेलन उद्घाटन गर्दै उनले भने, ‘कांग्रेसले जेसुकै गरोस् भनेर हुँदैन, ऊ यो देशको ठूलो र एक तिहाइ जनमत भएको शक्ति हो।’   अध्यक्ष दाहालले राष्ट्रिय एकताको आवश्यकता भएको बताउँदै…

    विस्तृतमा पढ्नुस्

  • सिफारिश भएका ११ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट दर्ता

    काठमाडौँ : सर्वोच्च अदालतका न्यायाधीशका लागि सिफारिस भएका ११ जना न्यायाधीशविरुद्ध पेस भएको रिट निवेदन इजलासको आदेशबमोजिम आज सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको छ ।  अधिवक्ता पूर्णचन्द्र पौडेलद्वारा पेस भएको रिट निवेदन सर्वोच्च अदालतमा न्यायाधीश बैधनाथ उपाध्यायको इजलासले दर्ता गर्न बिहीबार प्रशासनलाई आदेश दिएको थियो । सोहीबमोजिम आज सो रिट निवेदन दर्ता भएको हो । यसको प्रारम्भिक सुनुवाइका लागि आइतबार…

    विस्तृतमा पढ्नुस्

  • ​बजारको मलमूत्र कारागारभित्र, महामारी फैलने डरले कैदीबन्दी चिन्तामा

    गौशाला :   महोत्तरीको जलेश्वर कारागारमा रोगको महामारी फैलने डरले कैदीबन्दी चिन्तामा परेका छन्। महोत्तरी र धनुषा तथा केही दिनदेखि सर्लाही जिल्ला समेतको संयुक्त कारागार रहेको जलेश्वर कारागारमा ढल निकासको व्यवस्था नहुँदा प्रदूषण बढेको छ। एक सय ५५ वर्ष पुरानो राणाकालीन जीर्ण सो कागारमा ढल निकासको उचित व्यवस्था नहुँदा रोगको संक्रमण बढेर महामारी फैलनै डर रहेको जेलर शोभेन्द्र ठाकुरले बताए।  …

    विस्तृतमा पढ्नुस्

  • माओवादी मन्त्रीहरु अनुपस्थित आज बसेको मन्त्रिपरिषद्ले गरेको निर्णय यस्तो छ

    माओवादी मन्त्रीहरु अनुपस्थित आज बसेको मन्त्रिपरिषद्ले गरेको निर्णय यस्तो छ

    काठमाडौँ : सरकारले सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा गुणराज लोहनीलाई तोक्ने निर्णय गरेको छ ।  सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतको समितिमा खुल्ला प्रतिस्पर्धाबाट छनोट नभएसम्मका लागि डा लोहनीलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए।  छोटो समय बसेको मन्त्रिपरिषद् बैठकमा नेपाली सेनाका अधिकृतहरुको कायम मुकायम गर्ने र केही…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने- 'पद छाड भनेर हप्काउँदै र तर्साउन खोज्दैमा हट्दिनँ'

    प्रधानमन्त्रीले भने- 'पद छाड भनेर हप्काउँदै र तर्साउन खोज्दैमा हट्दिनँ'

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताएका छन्।  “अहिले मलाई प्रधानमन्त्री पद छाड्नुपर्‍यो भनेर हप्काउने र तर्साउने काम गरिँदै छ, यो मलाई स्वीकार्य छैन, हप्काई र तर्साइबाट तर्सिने मेरो स्वभाव होइन,”  आजदेखि सुरु भएको दुई दिने नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने। प्रधानमन्त्री ओलीले आफूले प्रम…

    विस्तृतमा पढ्नुस्

  • ​सामुदायिक विद्यालयमा अङ्ग्रेजीमा पढाउन कति सम्भव ?

    प्रकाश सिलवाल  काठमाडौँ :‘विद्यालयमा विदेशी आए भने हाम्रा शिक्षक अङ्ग्रेजीमा बोल्नुपर्छ भनेर कुनातिर लुक्न जान्छन्’ डिल्लीबजारस्थित पद्मकन्या उमाविका प्रधानाध्यापक रीता तिवारीको यो भनाइ अधिकांश सामुदायिक विद्यालयमा लागू हुन्छ ।  व्यवस्थापिका–संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७३÷७२ को बजेटमा सामुदायिक विद्यालयमा क्रमशः अङ्ग्रेजी माध्यमबाट पढाउने उल्लेख भएपछि यसबारे पुनः बहस सुरु भएको छ । बजेटको सो व्यवस्था तत्काल कार्यान्वयनमा आएमा अनिवार्य अङ्ग्रेजी बाहेकका…

    विस्तृतमा पढ्नुस्

  • सरकारी कर्मचारीको ट्रेड युनियन नेतृत्व चुन्न आज मतदान, सबै सरकारी कार्यालय बन्द

    काठमाडौँ : निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि बुधबार बिहानदेखि मतदान हुँदैछ। प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाका अनुसार निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्र रहनेछ। निर्वाचनमा एक हजार ६०३ कर्मचारी र एक हजार २१५ सुरक्षाकर्मी खटिनेछन्। कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन्। …

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चलाई पठाए प्रचण्डले लिखित जवाफ : चर्चामा आउन मुद्दा हालियो

    सर्वोच्चलाई पठाए प्रचण्डले लिखित जवाफ : चर्चामा आउन मुद्दा हालियो

    काठमाडौँ : सर्वोच्च अदालतमा ‘अदालतको अपहेलनासम्बन्धी’ परेको मुद्दामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज लिखित जवाफ पठाएका छन्।  सर्वोच्च अदालतमा पुगी दाहालका तर्फबाट प्रतिनिधिका रुपमा(वारेस) लोकमणि पोखरेलले अदालतको अपहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा बुझाए।  लिखित जवाफमा चर्चामा आउनका लागि मुद्दा दायर गरेर अदालतको दुरुपयोग गरेको उल्लेख गर्दै भनिएको छ, ‘निवेदकले चर्चामा आउनका लागि मुद्दा दायर गरेको ध्यय देखिन्छ,…

    विस्तृतमा पढ्नुस्

  • बाढीले बगाएको एक हप्तापछि काजकिरिया

    डडेल्धुरा :  खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी एक महिलाको शव नभेटिएपछि प्रहरी मुचुल्काका आधारमा परिवारले काजकिरिया गरेका छन्।   पानीघट्टमा अन्न पिसाएर घर फर्कने क्रममा बाढीले बगाउँदा रुपाल गाविस–८ पनिउटकी ३६ वर्षीया डम्मरु भट्ट बेपत्ता भएकी थिइन्।   अविरल वर्षासँगै आएको बाढीले जेठ १२ गते बेलुका उनलाई बगाएको थियो। साडी र रुमाल बगेको ठाउँबाट करिब दुई किलोमिटर तल भेटिए…

    विस्तृतमा पढ्नुस्

  • जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या सात पुग्यो, १० जनाको उपचार हुँदै

    पाँचथर :  जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा पाँचथरमा थप दुई जनाको मृत्यु भएको छ। एक जना सिकिस्त बिरामी भएका छन्। योसहित च्याउ खाएरै मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ।   पछिल्लोपटक मृत्यु हुनेमा थर्पु–६ बस्ने पुष्पलता माबो र फिदिम–३ जैसीडाँडा बस्ने ३५ वर्षका वसन्त राई छन्। माबोको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपरचारको क्रममा र राईको आज बिहान घरमै…

    विस्तृतमा पढ्नुस्

  • ​ट्रयाक्टर दुर्घटनामा स्कुले किशोरसहित पाँच जनाको मृत्यु

    काठमाडौं : ओखलढुङ्गाको फुलबारी गाविसमा आज दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा चार स्कुले किशोरसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।   स्वास्थ चौकीको सामान लिएर चिप्लेघोडाखरीबाट बिलन्दु जाँदै गरेको ना५त २५१२ नम्बरको ट्रयाक्टर फुलबारी गाविस–५ मा दुर्घटना हुँदा खोटाङ च्यास्मिटार–५ का ३५ वर्षीय हिरीबहादुर राई, ओखलढुङ्गा बिलन्दु गाविस–५ का १५ वर्षीय विष्णु बराल, सोही ठाउँका १५…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले बालुवाटारबाटै गरे चिनियाँ नागरिकको पुस्तक विमोचन

    प्रधानमन्त्रीले बालुवाटारबाटै गरे चिनियाँ नागरिकको पुस्तक विमोचन

    प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चिनीयाँ आरोही वाङ जीङ को दोस्रो कृति ‘साइलेन्स अफ द समिट’ पुस्तकको प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गरे। कार्यक्रममा चिनियाँ राजदूत पनि उपस्थित थिए। तस्बिर : रोशन सापकोटा/रासस प्रधानमन्त्रीलाई उपहार दिँदै लेखक।  प्रधानमन्त्रीसँग चिनियाँ राजदूत।   

    विस्तृतमा पढ्नुस्

  • ​बाटो काट्दा ट्याक्टरको ठक्करले बालकको मृत्यु

    राजविराज : सप्तरीको मधुपट्टि गाविस–४ मा ट्याक्टरको ठक्करबाट सोमबार साँझ एक बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा सोही गाविसका शिवनारायण चौधरीका ११ वर्षीय छोरा रमितकुमार चौधरी रहेको प्रहरीले जनाएको छ।  उनलाई बाटो काट्ने क्रममा स १ ट ३२१० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।  ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • ​ट्विटर र स्काइपमा रमाउँदै म्याग्दीका गाउँले

    ​ट्विटर र स्काइपमा रमाउँदै म्याग्दीका गाउँले

    ध्रुवप्रसाद शर्मा- बेनी (म्याग्दी) : एक दशक अघिसम्म सूचना आदानप्रदानका लागि कटुवाल, मुखिया र हुलाकीको भर पर्ने गरेको म्याग्दी जिल्ला सूचना प्रविधिको क्षेत्रमा फड्को मार्न सफल भएको छ।  सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र स्काइप अब म्याग्दीका सर्वसाधारणका लागि नयाँ विषय रहेनन्। महावीर पुनले सुरु गरेको इन्टरनेट सञ्जालको पहुँच जिल्लाका गाउँगाउँ र विद्यालयसम्म पुगेको छ। म्याग्दीका नागी, टिकोट, शिख, घार, पाउद्वार,…

    विस्तृतमा पढ्नुस्

  • खुकुरी प्रहारबाट श्रीमानको हत्या, श्रीमती घाइते, अभियुक्त फरार

    दोलखा : दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्कका ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ। उनको गर्दनमा प्रहार गरिएको बताइएको छ।    मंगलबार बिहान भएको घटनापछि खुकुरी प्रहार गर्ने अमरबहादुर तामाङ लामा फरार रहेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट दाहालकी श्रीमती सीता गम्भीर घाइते भएकी छिन्।   घटनाको कारण भने आउन बाँकी रहेको र अनुसन्धान भइरहेको दोलखा प्रहरीको जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ​एक महिनाअघि हराएका विद्यार्थी अझै भेटिएनन्

    चितवन : पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ७ खोलेसिमल बजारस्थित सिद्धिविनायक आवासीय माविमा अध्ययनरत तीन विद्यार्थी एक महिनादेखि हराइरहेका छन्।  गत वैशाख १७ गते आआफ्ना घरबाट विद्यालय हिँडेका उनीहरु एक महिना बितिसक्दा समेत फेला पर्न सकेका छैनन्। विद्यालय जान भनी हिँडे पनि उक्त दिन उनीहरु विद्यालय गएका थिएनन्। कालिका नगरपालिका वडा नं ६, खोलेसिमलका १३ वर्षीय अश्विन धमला, सोही…

    विस्तृतमा पढ्नुस्

  • ​आमा दृष्टिविहीन, छोरा चार महिनादेखि थलिए

    जाजरकोट : भेरीमालिका नगरपालिका–३ सिमलगैरीका ३० वर्षीय वीरु नेपाली मजदुरी गरेर आफू र दृष्टिविहीन ६० वर्षीया आमाको छाक टार्थे।  अहिले मजदुरी गर्दा खुट्टामा गम्भीर चोट लागेपछि चार महिनादेखि आफैँ थला परेका छन्। घाउ निको हुनाको साटो झन् झन् बल्झिँदै गएको छ। घुँडाको हाड कुहिन थालेको छ। अलि ढिलो गरे अर्बुद समेत हुन सक्ने चिकित्सकको भनाइ छ। तर अर्थ अभाव र…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीले भने : ऊर्जा विकासको स्वर्णकाल सुरु

    प्रम ओलीले भने : ऊर्जा विकासको स्वर्णकाल सुरु

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि स्वर्णयुग सुरु भएको बताएका छन्।   ऊर्जा मन्त्रालय, लगानी बोर्ड र इनर्जी डेभलपमेन्ट काउन्सिलले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट,२०१६’को आज उद्घाटन गर्दै उनले मुलुक विकासको नयाँ चरणमा प्रवेश गरेकाले ऊर्जा क्षेत्रको विकास अनिवार्य सर्त भएको बताए।   नेपाललाई लगानीको केन्द्र बनाउने प्रयास भरहेको उल्लेख गर्दै उनले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीका पिताले झापामा झुल बाँडे

    प्रधानमन्त्रीका पिताले झापामा झुल बाँडे

    काँकडभिट्टा : प्रधानमन्त्री केपी शर्मा ओलीका पिताले आज झापाको ज्यामिरगढीमा ज्येष्ठ नागरिकलाई झुल वितरण गरेका छन्।   काठमाडौँ निवासी समाजसेवी केशवमणि ओलीले उपलब्ध गराएको १०० थान झुल र नगद रु २० हजार प्रधानमन्त्री पिता मोहनप्रसाद ओलीले एक कार्यक्रमबीच वितरण गर्नुभएको ज्येष्ठ नागरिक मञ्च ज्यामिरगढीका अध्यक्ष हरि ओलीले बताए। रासस 

    विस्तृतमा पढ्नुस्

  • बजेटप्रति सत्ता साझेदार माओवादी नै असन्तुष्ट, एकलौटी गरेको आरोप

    काठमाडौँ : नेकपा माओवादी केन्द्रले व्यवस्थापिका–संसद्मा शनिबार प्रस्तुत आगामी आवको बजेट वक्तव्यको आलोचनात्मक समर्थन गरेको छ।  माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज बसेको सो दलको बैठकमा बोल्ने सांसदहरुले सत्ता साझेदार दलसँग जुनरुपमा समन्वय गर्नुपर्ने हो सो नगरीकन बजेट ल्याएको भन्दै आलोचना गरे।  सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले आफूहरुसँग जुनरुपमा संवाद र सल्लाह गर्नुपर्ने हो सो हुन नसकेको र आफूखुसी परियोजना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell