PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • जंगली च्याउ खाँदा १० जना विरामी

    दोलखा  : झ्याँकु–९ का १० जना जङ्गली च्याउ खाँदा बिरामी परेका छन्।   च्याउ खाँदा दुई जना गम्भीर बिरामी परेको र अन्य आठ जना भने सामान्य बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बेलबहादुर पाण्डेले बताए।   प्रहरी कार्यालयका अनुसार गम्भीर बिरामी पर्नेमा झ्याँकु–९ का ३५ वर्षीया साङडोमा तामाङ र उनका श्रीमान् कृष्ण रहेको बताइएको छ। उनीहरुको दोलखाको मैनापोखरीमा…

    विस्तृतमा पढ्नुस्

  • ​माछा मार्न गएकी ५ वर्षकी बालिका बेपत्ता, आठको उद्धार

    डडेल्धुरा : खोलामा माछा मार्न गएका बेला आएको बाढीले बगाउँदा शनिबार एक बालिका बेपत्ता भएकी छिन् भने आठ जनाको स्थानीयवासीले उद्धार गरेका छन्।  डडेल्धुरा मष्टमाडौं–६ वसन्तपुर बस्ने खडक भुलकी करिब पाँच वर्षीया छोरी करिश्मालाई माछा मार्ने बेला एक्कासि सकायल खोलामा आएको बाढीले बगाउँदा बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  सकायल खोलामा माछा मार्न गएका नौमध्ये आठ जनालाई स्थानीयवासीले उद्धार…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधामन्त्रीले अस्पताल पुगेर भेटे संगीतकार अम्बर गुरुङलाई

    ​प्रधामन्त्रीले अस्पताल पुगेर भेटे संगीतकार अम्बर गुरुङलाई

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विरामी भएर अस्पताल भर्ना भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङलाई आइतबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेटेका छन्। अपराह्न अस्पताल पुगेका उनले त्यहाँ गुरुङका परिवारजन र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए। प्रधानमन्त्री ओलीले सङ्गीतकार गुरुङलाई सरकारले जतिसक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गुरुङका सहयोगी रतन चन्दले जानकारी दिए।   उनका अनुसार प्रधानमन्त्रीले त्यहाँ करिब…

    विस्तृतमा पढ्नुस्

  • साझाका ३० बस भदौमा आइपुग्ने, ८० सिट क्षमताको बस हेर्न टोली मुम्बईतर्फ

    काठमाडौँ : साझा यातायातले काठमाडौँ महानगरपालिकाको रु १० करोड सेयर लगानीमा ल्याउन लागेको ३० वटा बस आगामी भदौको तेस्रो साता काठमाडौँ आइपुग्ने भएको छ ।  साझा यातायात र भारतीय बस निर्माता कम्पनी अशोक लेल्यान्डबीच गत चैतमा भएको सम्झौताअनुसार कम्पनीले आगामी भदौको तेस्रो साता ती बस साझालाई बुझाउनुपर्ने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।  अब आउने बस ८० सीट क्षमताको हुने र…

    विस्तृतमा पढ्नुस्

  • पशुपति र महाँकाल मन्दिर वरपर प्रहरीको छापा, घरेलु मदिरा बेच्नेहरु पक्राउ

    काठमाडौँ : काठमाडौँ जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पशुपति मन्दिर क्षेत्र, महाकाल मन्दिरलगायतका धार्मिक क्षेत्रमा आज छापामारी अवैध घरेलु मदिरा बिक्री वितरणमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पाशुपत क्षेत्र र महाकालस्थान मन्दिर परिसरमा रहेको अवैध घरेलु मदिरा तथा बिनाइजाजत बिक्री वितरणका लागि राखिएका मदिराका कार्टुन पाँच थान, मदिराको बोतल प्याक गरी राखिएको बोरा ११ थान, घरेलु मदिरा राखिएको…

    विस्तृतमा पढ्नुस्

  • मंगलबारदेखि एक घण्टा लोडसेडिङ घट्ने, दैनिक ९ घण्टामात्रै

    काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले मं‌गलबारदेखि लागू हुने गरी लोडसेडिङको समय एक घन्टा घटाउने भएको छ। अब दैनिक औसत ९ घण्टामात्र लोडसेडिङ हुनेछ। नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः लोडसेडिङको समय घटाउँदै लगिने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिए।   उनका अनुसार हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग…

    विस्तृतमा पढ्नुस्

  • फोर्ब्सले लेख्यो- पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य

    फोर्ब्सले लेख्यो- पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य

    वासिङ्टन डिसी : अमेरिकाबाट प्रकाशित विश्वप्रसिद्ध म्यागजिन फोर्ब्सले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ।   फोर्ब्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरिएको हो।     विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोर्ब्सले पर्यटकीय गन्तव्यको सस्तो सहरको रुपमा पोखरालाई उल्लेख गरेकोमा खुसी लागेको अमेरिकामा व्यवसाय गर्दै आएका युएस नेपाल चेम्बर…

    विस्तृतमा पढ्नुस्

  • ​बेपत्ता किरियापुत्री भेटिए मृत

    रत्ननगर (चितवन) :  चिवतनको भरतपुरस्थित शिवघाट नजिकै नारायणी नदीमा नुहाउन गएका किरियापुत्रीको नदीमा डुबेर मृत्यु भएको छ।   नारायणी नदीमा नुहाउन गएका भरतपुर १६ मंगलपुरका ६५ वर्षीय अम्बिका दराईको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।   जेठ २० गते नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको शव शुक्रबार भेटिएको हो। घटनास्थलबाट करिब सय मिटर तल काभ्रेघाट…

    विस्तृतमा पढ्नुस्

  • ​कर नतिर्नेमा औद्योगिक घरानाकै व्यवसायी, दुगड र गोल्छा समूह कालोसूचीमा

    पथरी (मोरङ) : राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ।   नगर क्षेत्रमा रहेर घर, जग्गा कारोबार र व्यवसाय कर नतिर्ने ठूला करदातालाई कालोसूचीमा राखेर कारबाही सुरु गरिएको हो। १० वर्षदेखि कर नतिर्ने करदाताको घर, जग्गा रोक्का गर्न जिल्ला मालपोत कार्यालयमा कार्यालयले आवश्यक पत्रचारसमेत गरिसकेको छ।   कर नतिर्नेमा औद्योगिक घरानाका व्यवसायी बढी देखिएका…

    विस्तृतमा पढ्नुस्

  • ​चट्याङले लग्यो ७ वर्षे बालिकाको ज्यान

    दैलेख :  दैलेखको चामुण्डा–१ मा जङ्गली भन्ने स्थानमा आज बिहान चट्याङ पर्दा एक बालिकाको ज्यान गएको छ।   घरमै बसिरहेको बेला परेको चट्याङ लागेर स्थानीय उदयबहादुर शाहीकी ७ वर्षीया छोरी सरस्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए। चट्याङले शाहीका ३ वटा भैँसीसमेत मरेका छन्। 

    विस्तृतमा पढ्नुस्

  • ​‘भद्र सहमति’ले एमालेभित्रै खटपट, असन्तुष्टि किनारा लगाउन स्थायी समितिमा बहस

    ​‘भद्र सहमति’ले एमालेभित्रै खटपट, असन्तुष्टि किनारा लगाउन स्थायी समितिमा बहस

    काठमाडौँ : दलभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न सत्ता नेतृत्वकर्ता नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ।   प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक मुलुकको पछिल्लो राजनीतिक परिस्थितिसँगै दलभित्रको असन्तुष्टिलाई किनारा लगाउन केन्द्रित छ। खासगरी प्रमुख सत्ता सझेदार नेकपा माओवादी केन्द्रले सरकार परिवर्तनको विषय उठाइरहेको र दलभित्रैबाट पनि मतमतान्तर देखिएकाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।   एमालेले…

    विस्तृतमा पढ्नुस्

  • नुहाउने क्रममा राप्ती नदीमा डुब्दा दुई बालकको ज्यान गयो

    नुहाउने क्रममा राप्ती नदीमा डुबेर आज दाङमा दुई बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा लमही नगरपालिका–११ का १२ वर्षीय असरफ सिद्दीकी र सोही ठाउँका १२ वर्षीय बब्लु सिद्दीकी रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।  उनीहरु नुहाउनका लागि लमही नगरपालिका–९ बलरामपुरस्थित राप्ती नदीमा पुगेका र नुहाउँदै गर्दा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

    विस्तृतमा पढ्नुस्

  • ​क्रिकेट खेलाडी सङ्घको अध्यक्षमा पूर्व कप्तान अग्रवाल चयन

    ​क्रिकेट खेलाडी सङ्घको अध्यक्षमा पूर्व कप्तान अग्रवाल चयन

    क्रिकेट खेलाडी सङ्घ नेपालको अध्यक्षमा पवनकुमार अग्रवाल चयन भएका छन्।  कीर्तिपुरस्थित सङ्घको कार्यालयमा आज सम्पन्न प्रथम वार्षिक साधारणसभामा राष्ट्रिय टोलीका पूर्व कप्तान अग्रवाललाई अध्यक्षमा सर्वसहमतिले चयन गरेको हो।  अघिल्लो वर्ष स्थापना भएको संस्थाको पहिलो कार्यसमितिका सबै ११ पदाधिकारी दुईवर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा अर्का पूर्व कप्तान विनोदकुमार दास र सीता रानामगर, महासचिवमा वर्तमान कप्तान पारस खड्का चयन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सहमति कायम गर्न एमालेको आह्वान, बजेटपछि माओवादीलाई सरकारको नेतृत्वबारे मौन

    राष्ट्रिय सहमति कायम गर्न एमालेको आह्वान, बजेटपछि माओवादीलाई सरकारको नेतृत्वबारे मौन

    काठमाडौँ : नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले मुख्य राजनीतिक शक्ति सहमतिकासाथ अगाडि बढ्नुपर्ने मान्यतामा आफू दृढ रहेको दोहोर्‌याएको छ।  संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, राष्ट्रियहितको रक्षा र आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न राष्ट्रिय सहमतिको दिशामा निरन्तर प्रयास गरिएको र सो मान्यतामा पुनः जोड दिँदै राजनीतिक स्थायित्व र राष्ट्रिय हित तथा स्वाधीनताका लागि सबै राजनीतिक दललाई सहमतिमा आउन एमालेले पुनः…

    विस्तृतमा पढ्नुस्

  • शुक्रबार बिहानै सिन्धुपाल्चोक केन्द्र बनाई परकम्प

    काठमाडौँ : सिन्धुपाल्चोक जिल्लामा आज ४.४ रिक्टर स्केलको परकम्प गएको छ। आज बिहान ५ः१० मा सिन्धुपाल्चोक केन्द्र भई सो परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  अघिल्लो वर्ष गएको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका सो भूकम्पका ४६० वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। रासस 

    विस्तृतमा पढ्नुस्

  • जंगली च्याउले लियो १० जनाको ज्यान, ७ जना अस्पतालमा

    जंगली च्याउले लियो १० जनाको ज्यान, ७ जना अस्पतालमा

    पाँचथर : जंगली च्याउ खाएर थप एक जनाको मृत्यु भएसँगै पाँचथरमा च्याउकै कारण मर्नेको संख्या १० पुगेको छ।     पछिल्लोपटक आङना–१ का ३६ वर्षीय वीरेन्द्र माङ्लाकको निधन भएको हो। जङ्गली च्याउ खाएर उनी जेठ १० गतेदेखि बिरामी भएका थिए। धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा आइसियुको अभाव भएपछि दमकको आम्दा अस्पताल ल्याउँदै गर्दा उनको निधन भएको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • माइक्रोबसमा बस ठोक्किँदा ८ यात्रु घाइते

    राजविराज : राजविराज-भारदह सडकखण्ड अन्तर्गत सप्तरीको हनुमाननगरमा आज बिहान माइक्रोबसमा बस ठोक्किँदा ८ यात्रु घाइते भएका छन्।   राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको को १ झ ३६६९ नम्बरको माइक्रोबसलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ८०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। घाइतेलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ठक्कर दिने…

    विस्तृतमा पढ्नुस्

  • केडिया अपहरण घटनामा हवल्दारसहित चार प्रहरी निलम्बित

     कलैया : मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले वीरगन्जका उद्योगपति सुरेश केडियाको अपहरण घटनामा हवल्दारसहित चार प्रहरीलाई निलम्बित गरेको छ। बारा कवही गोठ चौकीका प्रहरी कारबाहीमा परेका हुन्।   केडियालाई अपहरण गरी लैजाने क्रममा अपहरणकारीले प्रयोग गरेको जिपलाई कवही गोठ प्रहरीले हातको इसाराले रोक्न खोज्दा सजिलोसँग उम्कन सफल भएको घटनाबारे अनुसन्धानका लागि उनीहरुलाई निलम्बित गरिएको हो।   यसरी कारबाहीमा पर्नेमा प्रहरी हवल्दार तेजबहादुर…

    विस्तृतमा पढ्नुस्

  • गोरु काटेको आरोपमा पाँच जना समातिए

    रत्ननगर (चितवन) : गोरु काटेको आरोपमा चितवनको माडीबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।   माडीको चितापुल नजिकै सिसौघारीमा काटेर फ्याँकेको गोरु फेला परेको र अनुसन्धान क्रममा त्यसमा संलग्न पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।   माडी–३ की सुनिता नेपाली, माडी–४ का १६ वर्षीय सागर नेपाली, १९ वर्षीय शिव नेपाली, २५ वर्षीय जीवन नेपाली र ४५ वर्षीया कोपिला नेपालीलाई…

    विस्तृतमा पढ्नुस्

  • एक जना मात्रै कामदार भएको अफिसमा पनि श्रम ऐन लागू हुने

    काठमाडौ : श्रम विधेयक छिटो पारित गर्नुपर्नेमा सांसद र सरोकारवाला निकायका प्रतिनिधिले जोड दिएका छन् । अहिलेको ऐनमा रहेको १० जना कार्यरत कार्यालय, संस्थामा मात्रै ऐन लागू हुने प्रावधान रहेकामा हाल प्रस्तावित ऐनमा एक जना कार्यरत क्षेत्रमा पनि लागू हुने उल्लेख छ। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा सो विधेयकका सम्बन्धमा सांसद, विज्ञ, मजदुर, उद्योगीसँगको छलफलमा सहभागीले २५ वर्षअघिको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell