PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

​प्रधामन्त्रीले अस्पताल पुगेर भेटे संगीतकार अम्बर गुरुङलाई



रासस

​प्रधामन्त्रीले अस्पताल पुगेर भेटे संगीतकार अम्बर गुरुङलाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विरामी भएर अस्पताल भर्ना भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङलाई आइतबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेटेका छन्।

अपराह्न अस्पताल पुगेका उनले त्यहाँ गुरुङका परिवारजन र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए। प्रधानमन्त्री ओलीले सङ्गीतकार गुरुङलाई सरकारले जतिसक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गुरुङका सहयोगी रतन चन्दले जानकारी दिए।  

उनका अनुसार प्रधानमन्त्रीले त्यहाँ करिब २० मिनेट बिताएका थिए। अन्न नलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत छन्। भेन्टिलेटरमा राखी उपचार भइरहेको उनको स्वास्थ्यस्थिति शुक्रबार बिहान गम्भीर भए पनि शनिबार सामान्य सुधार आएको थियो। 

गुरुङसँग निकट भएर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहेका चन्दले उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै भने  “अहिले उहाँको स्वास्थ्यस्थिति हिजो(शनिबार)कै जस्तो सामान्य छ।” 

गुरुङ गएराति साढे १ बजे एक्कासी बेहोस भएपछि कृत्रिम श्वासप्रश्वास दिएर राखिएको छ। 

फाइल फोटो : गएको फागुनमा भारतको मेदान्त अस्पतालमा उपचाररत गुरुङ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell