PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

मंगलबारदेखि एक घण्टा लोडसेडिङ घट्ने, दैनिक ९ घण्टामात्रै



रासस

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले मं‌गलबारदेखि लागू हुने गरी लोडसेडिङको समय एक घन्टा घटाउने भएको छ। अब दैनिक औसत ९ घण्टामात्र लोडसेडिङ हुनेछ।

नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः लोडसेडिङको समय घटाउँदै लगिने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिए।  

उनका अनुसार हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग रहँदै आएको छ।

प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घन्टा र अधिकतम सात घन्टाभन्दा बढी लोडसेडिङ गर्ने जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell