PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

जंगली च्याउ खाँदा १० जना विरामी



रासस

दोलखा  : झ्याँकु–९ का १० जना जङ्गली च्याउ खाँदा बिरामी परेका छन्।
 
च्याउ खाँदा दुई जना गम्भीर बिरामी परेको र अन्य आठ जना भने सामान्य बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बेलबहादुर पाण्डेले बताए।  

प्रहरी कार्यालयका अनुसार गम्भीर बिरामी पर्नेमा झ्याँकु–९ का ३५ वर्षीया साङडोमा तामाङ र उनका श्रीमान् कृष्ण रहेको बताइएको छ।

उनीहरुको दोलखाको मैनापोखरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीको भनाइ छ। अन्य आठलाई स्थानीय झ्याकु स्वास्थ्य केन्द्रमा नै उपचारपछि सामान्य अवस्थामा फर्काइएको बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell