PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

गोरु काटेको आरोपमा पाँच जना समातिए



रासस

रत्ननगर (चितवन) : गोरु काटेको आरोपमा चितवनको माडीबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
 
माडीको चितापुल नजिकै सिसौघारीमा काटेर फ्याँकेको गोरु फेला परेको र अनुसन्धान क्रममा त्यसमा संलग्न पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 
माडी–३ की सुनिता नेपाली, माडी–४ का १६ वर्षीय सागर नेपाली, १९ वर्षीय शिव नेपाली, २५ वर्षीय जीवन नेपाली र ४५ वर्षीया कोपिला नेपालीलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।
 
पक्राउ परेकालाई गौबध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको उनले बताए। थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवन ल्याइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell