PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

जंगली च्याउले लियो १० जनाको ज्यान, ७ जना अस्पतालमा



रासस

जंगली च्याउले लियो १० जनाको ज्यान, ७ जना अस्पतालमा

पाँचथर : जंगली च्याउ खाएर थप एक जनाको मृत्यु भएसँगै पाँचथरमा च्याउकै कारण मर्नेको संख्या १० पुगेको छ।  
 
पछिल्लोपटक आङना–१ का ३६ वर्षीय वीरेन्द्र माङ्लाकको निधन भएको हो। जङ्गली च्याउ खाएर उनी जेठ १० गतेदेखि बिरामी भएका थिए। धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा आइसियुको अभाव भएपछि दमकको आम्दा अस्पताल ल्याउँदै गर्दा उनको निधन भएको प्रहरीले जनाएको छ।
 
यसअघि थर्पु–६ बस्ने पुष्पलता माबो, फिदिम–३ जैसीडाँडा बस्ने ३५ वर्षका वसन्त राई, आङ्ना–१ बस्ने वीरेन्द्र माङ्लाककी छोरी पाँच वर्षीया सोनिका, १३ वर्षीया कविता, श्रीमती पदममाया, सोही ठाउँकै मनकुमारी माङ्लाक, थर्पु–६ बस्ने धनबहादुर माबोकी छोरी ११ वर्षीया एलिजा लगायतको मृत्यु भएको थियो।

अन्य बिरामी सात जनाको पूर्वका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
(जंगलको रुखमा रहेको च्याउको प्रतीकात्मक फोटो गुगलबाट लिइएको हो।)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell