PahiloPost

Oct 19, 2025 | ३ कात्तिक २०८२

फोर्ब्सले लेख्यो- पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य



रासस

फोर्ब्सले लेख्यो- पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य

वासिङ्टन डिसी : अमेरिकाबाट प्रकाशित विश्वप्रसिद्ध म्यागजिन फोर्ब्सले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ।
 
फोर्ब्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरिएको हो।  
 
विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोर्ब्सले पर्यटकीय गन्तव्यको सस्तो सहरको रुपमा पोखरालाई उल्लेख गरेकोमा खुसी लागेको अमेरिकामा व्यवसाय गर्दै आएका युएस नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष वेद खरेलले बताए।
 
‘अमेरिकाका मध्यमवर्गका लागि यो महत्वपूर्ण सूचना हुन सक्छ। यसरी पोखरा सूचीकृत हुनु आफैँमा नेपालको पर्यटन प्रचार पनि हो,’ उनले भने. ‘विश्वमा नेपाललाई चिनाउन यसले झनै सहयोग गर्छ।’
 
उक्त पत्रिकाले प्रतिदिन १५ डलर ८४ सेन्टमा नेपालको पोखरामा बस्न सकिने जनाएको छ। योसँगै पर्यटकीय सम्भावनाको सस्तो क्षेत्रका २१ स्थानलाई फोर्ब्सले अटाएको छ। यी २१ स्थानमध्ये काठमाडौँ सातौँ स्थानमा छ।

फोटो : himalayanmagictreks.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell