PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • ​बालुवा भर्ने क्रममा ढिस्काले पुर्दा तीन जनाको मृत्यु

    त्रिशूली (नुवाकोट) : खड्गभन्ज्याङ गाविस-९ गैरीखोल्सोमा बालुवाको ढिस्काले पुर्दा आज तीन जनाको मृत्यु भएको छ।   बा३ख ९७०९ नम्बरको मिनीट्रकमा बालुवा खानीबाट बालुवा राख्ने क्रममा माथिबाट ढिस्को खसेर पुरिँदा सो घटना भएको हो। मृत्यु हुनेमा चालक दाङसिङ– ४ का ३५ वर्षीय गङ्गासिह भनिने विकास तामाङ र सहचालक १८ वर्षीय प्रकाश तामाङ र खड्गभन्ज्याङ– ९ का कामदार २२ वर्षीय शङ्कर राई…

    विस्तृतमा पढ्नुस्

  • कनकमणि दीक्षित परिवारको जग्गा रोक्न अख्तियारको निर्देशन

    कनकमणि दीक्षित परिवारको जग्गा रोक्न अख्तियारको निर्देशन

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितको परिवारको स्वामित्वमा मुलुकभर रहेको केही अचल सम्पत्ति रोक्का गर्न निर्देशन दिएको छ ।  आयोगले भूमिसुधार तथा व्यवस्था मन्त्रालय र मालपोत कार्यालयलाई निर्देशन दिएको जनाइएको छ । आयोगले स्व रानी जगदम्बाका नाममा स्थापित जगदम्बा दातव्य औषधालय तथा स्व मदनशम्शेर राणाका नाममा स्थापित मदनधारा समितिका नाममा मुलुकका विभिन्न भागका रहेको जग्गा…

    विस्तृतमा पढ्नुस्

  • News उद्योगी केडिया अपहरणमा संलग्न भएको आरोपमा नेविसंघका नेता पक्राउ

    कलैया : प्रहरीले उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई मङ्गलबार पक्राउ गरेको छ ।  वीरगन्जका उद्योगी केडियाको यही जेठ १३ गते वरियारपुरबाट वीरगन्ज आउने क्रममा पसाहा पुल नजिकैबाट अज्ञात समूहले अपहरण गरेको थियो। अपहरणकारीलाई सहयोग गरेको भन्दै महागढीमाई नगरपालिका–२ धनसीवा गाउँबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए।  अपरहणमा संलग्न रहेको…

    विस्तृतमा पढ्नुस्

  • ​देउवा भन्छन्- ‘प्रधानमन्त्रीको झुटो आश्वासनले देश चल्दैन’

    ​देउवा भन्छन्- ‘प्रधानमन्त्रीको झुटो आश्वासनले देश चल्दैन’

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई झुटा आश्वासन बाँडेर देश चल्न नसक्ने बताएका छन्। सगरमाथा आरोहीलाई राखेको सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्नेमा प्रधानमन्त्रीले झुटो सपना बाँड्दै हिँडेको आरोप लगाए।   ‘संविधान कार्यान्वयन गरेर स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्नुछ,’ उनले भने, ‘प्रधानमन्त्री सर्भे नै नगरी रेल कुदाउँछु, घरघरमा तेल र…

    विस्तृतमा पढ्नुस्

  • डोजर पल्टिँदा चालकको मृत्यु, सहचालक घाइते

    गौँडा (लमजुङ) : पूर्वी लमजुङको गौंडा–५ बूढीकोटमा डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ।   गौँडा–दूधपोखरी सडकखण्ड निर्माणको क्रममा बिहान १० बजे डोजर पल्टिँदा चालक इलाम प्याङ–५ का ३४ वर्षीय सर्वेन्द्र थेवेको मृत्यु भएको हो।   दुर्घटनामा डोजरका सहचालक सकुन लिम्बु थेबे घाइते भएका छन्। उनलाई उपचारका लागि बेँसीसहर लगिएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले जानकारी दिए।   सडक निर्माणको…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा हात्ती आतंक, आधा दर्जन घरमा तोडफोड

    राजविराज : केही दिनयता सप्तरीको पूर्वी भेगमा हात्ती आतंकले सर्वसाधारण त्रासमा परेका छन्। पछिलोपटक गएराति सप्तकोसी नागरपालिका–९ स्थित कमलपुरमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक बथानले ६ वटा घरमा तोडफोड गरेका छन्। करिब ३ समूहमा आएका हात्तीले स्थानीय सत्यनारायण यादवसहित ४ परिवारको ६ घरमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। हात्तीको समूहले घरमा क्षति पुर्यााउनुका साथै घरभित्र…

    विस्तृतमा पढ्नुस्

  • ​बम पड्काउँदै लुटपाट गर्ने ६ जना प्रहरीद्वारा सार्वजनिक

    लहान : सिरहाको मिर्चैया नगरपालिका–७ मा बम विस्फोट गराउँदै लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।   गत जेठ १ गते बिहान भएको लुटपाटका मुख्य योजनाकार सर्लाहीको नेत्रगन्ज–२ निवासी ५५ वर्षीय रुकुम पासवान सहितलाई पक्राउपछि सार्वजनिक गरिएको हो।   पक्राउ पर्नेमा धनुषाको ठाडी झिझैं–१ निवासी विनयकुमार पासवान, सर्लाही हरिवन–२ का नन्दकिशोर पासवान, सिरहाको लड्कनाहा कर्जनाहा–१ का…

    विस्तृतमा पढ्नुस्

  • गैँडाले हान्दा डेनिस युवती घाइते, गाइडको भाँचियो हात

    चितवन : पर्यटकीय नगरी सौराहामा गैँडाको आक्रमणबाट आज एक विदेशी पर्यटकसहित दुई जना घाइते भएका छन्।   जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार डेनमार्कका नागरिक २३ वर्षीया लाउरा बेच र पर्यटकका पद प्रदर्शक रत्ननगर–१९ का १८ वर्षीय कुमार थापा गैँडाको आक्रमणबाट घाइते भएका हुन्।   निकुञ्जमा घुम्न जाने क्रममा रत्ननगर १८ मा रहेको होटल बटर फ्लाई नजिकै उनीहरुलाई गैँडाले आक्रमण…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस,एमाले, माओवादी नेतालाई अगाडि राखी राप्रपानेपालका महामन्त्रीले भने - 'राजसंस्था ब्युँत�

    पाँचथर : राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी नेताहरुकै अगाडि ढिलो चाँडो संवैधानिक राजसंस्था ब्यूँतिने बताएका छन्। पाँचथरको फिदिममा पार्टीको चौथो जिल्ला अधिवेशनमा लिङ्देनले जनताले राजसंस्था चाहेकाले ब्यूँतिने धारणा राख्दै उनले सडक र सदनमा पार्टीले संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गरे।  अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य अमीर मादेनले काँग्रेस, एमाले, माओवादीलगायतका पार्टीले जातजातिबीचमा…

    विस्तृतमा पढ्नुस्

  • परिवारले छानेको केटासँग बिहे गर्न नमान्ने छोरीलाई आमाले आगो लगाइन्

    परिवारले छानेको केटासँग बिहे गर्न नमान्ने छोरीलाई आमाले आगो लगाइन्

    लाहोर : पाकिस्तानमा एक महिलाले आफ्नै छोरीको शरीरमा मट्टितेल छर्किएर हत्या गरेकी छन्।  प्रहरीका अनुसार मृतक १८ वर्षीया जिनत रफिलकलाई उनकी आमा प्रवीन रफिकले रिसको आवेगमा आफ्नै घरमा खाटको खुट्टामा बाँधी मट्टितेल छर्केर आगो लगाएको स्वीकारेकी छन्।  जिनतले आफ्नो प्रेमी भएका कारण परिवारले छानेको केटासँग विवाह गर्न अस्वीकार गरेपछि पाकिस्तानको पूर्वी सहर लाहोरमा उक्त घटना भएको प्रहरी अधिकृत शेख अहम्मदले…

    विस्तृतमा पढ्नुस्

  • ​सङ्गीतकार गुरुङको हिन्दू र बौद्ध दुवै परम्पराबाट अन्येष्टि

    ​सङ्गीतकार गुरुङको हिन्दू र बौद्ध दुवै परम्पराबाट अन्येष्टि

    काठमाडौं  : सोमबार राती निधन भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिने भएको छ। उनको शव मंगलबार बिहान १०:५१ बजे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नेपाल प्रज्ञा–प्रतिष्ठान लगिने छ। त्यहाँ अपराह्न ३ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिने उनका माहिला छोरा राजुले जानकारी दिए। उनले भने, “बुबाको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने छ। अन्तिम संस्कार हिन्दू र बौद्ध…

    विस्तृतमा पढ्नुस्

  • ​सेभ द चिल्ड्रेन कार्यालयमा आक्रमण

    मेलम्ची : नेकपा माओवादीका कार्यकर्ताले गएराति ११ बजे सेभ द चिल्ड्रेनको कार्यालय चौतारामा आक्रमणको प्रयास गरेका छन्।  प्रहरीका अनुसार पाँच/छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द नेतृत्वको दलका कार्यकर्ताले चौतारास्थित कार्यालयमा प्लास्टिकको बोतलमा पेट्रोल हाली आक्रमण गरेको र आक्रमणबाट परिसरभित्र पार्किङ गरिराखिएको बा १३ च ५९१४ नको स्कार्पियो गाडीमा सामान्य क्षति पुगेको छ।  यसैबीच सो दलले विज्ञप्ति जारी गरी भूकम्पपछि जिल्लामा…

    विस्तृतमा पढ्नुस्

  • रोजगारीका लागि विदेशिएका २३ वेपत्ता

    मलेखु (धादिङ) : रोजगारीका लागि विभिन्न देशमा गएका धादिङका २३ युवा बेपत्ता भएका छन्।  कामको खोजीमा बिदेसिएका युवा विदेश जानुअघि तोकिएको काम नपाएर, काम पाएपछि कम्पनीले सूचनाबाट वञ्चित गरेर र लुकीछिपी विदेश गएर बेपत्ता भएका हुन्। बाह्र मलेसियामा, चार कुवेतमा, दुई दुई साउदी अरब– कतार– सिरियामा तथा एक जना जर्जियामा बेपत्ता भएको सूचना तथा परामर्श केन्द्र धादिङले जनाएको छ।  सुरक्षित…

    विस्तृतमा पढ्नुस्

  • ​चार हजारभन्दा बढी चालक कारबाहीमा

    धुन्चे (रसुवा) :  रसुवामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकउपरको कारबाही तीव्र पारिएको छ।   यातयात व्यवस्था विभागको अनुमति बेगर आएका र स्थानीयस्तरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार १ सय सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी रसुवाले जनाएको छ।   पासाङल्हामु मार्गमा चल्ने सवारी साधनबाट चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जरिवानाबापत १८ लाख २१ हजार ५ सय रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • ​जिप दुर्घटनाका गम्भीर घाइतेमध्ये दुईको मृत्यु

    तुलसीपुर (दाङ) : दाङको तुलसीपुरबाट रोल्पातर्फ जाँदै गरेको ग १ ज ५५६० नम्बरको जिप आइतबार बेलुका सल्यानको रिम गाविस–८ को खालीमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको गएराति मुत्यु भएको छ।  उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुर ल्याइएका सल्यान–७ गर्पाकी ९ महिनाकी बालिका सफलता बुढा र सोही ठाउँकै ७१ वर्षीया मैती घर्तीको मृत्यु भएको हो।  इलाका प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • ​अर्घाखाँचीमा संसारकै सानो अन्डा! गिनिज बुकमा लेखाउने प्रयास

    अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले सन्सारकै सबैभन्दा सानो अन्डा पारेको छ। सानो अन्डा पारेपछि गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ।  सन्धिखर्कका कृषक हरिप्रसाद अधिकारीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेकोभन्दा सानो अन्डा आफ्नो कुखुराले पारेको दाबी गरेका छन्। उनले गिनिज बुकमा रेकर्ड राख्ने प्रक्रिया सुरु गरिसकेको पनि बताए।   गिनिज बुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म अन्डाको नाप २.१ सेन्टिमिटर…

    विस्तृतमा पढ्नुस्

  • ​पंखा जोड्दा करेन्ट लागेर वृद्धको मृत्यु

    लहान : सिरहाको लहानमा गएराति करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।  मृत्यु हुनेमा लहान नगरपालिका २१ निवासी ६२ वर्षीय रामकाशी साह रहेको प्रहरीले जनाएको छ।  आफ्नै घरमा पङ्खा जोड्ने क्रममा करेन्ट लागेर साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।  मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा राखिएको छ। 

    विस्तृतमा पढ्नुस्

  • बाँदरमुढे घटनाको ११ वर्ष : पीडित सोध्छन्- न्याय दिन किन आलटाल?

    बाँदरमुढे घटनाको ११ वर्ष :  पीडित सोध्छन्- न्याय दिन किन आलटाल?

    रत्ननगर (चितवन) : चितवनको दक्षिण माडीमा तत्कालीन नेकपा माओवादीले बसमा गरेको बम विस्फोटमा परी घाइते भएकाहरुले उचित न्याय दिन माग गरेका छन्।  बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले न्याय नपाउने आशङ्का बढिरहेको भन्दै पीडितलाई थप पीडा नदिन आग्रह गरे। न्याय दिन आलटाल भइरहेको भन्दै पीडितले उचित न्याय दिनेतर्फ सबै गम्भीर हुनुपर्ने बताएका छन्। सो घटना भएको आज ११…

    विस्तृतमा पढ्नुस्

  • ​चट्याङ लागेर एक महिलाको मृत्यु

    तुलसीपुर (दाङ) : दाङमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मानपुर गाविस–३ मज्गै निवासी ५५ वर्षीया मनकुमारी कुमाल रहेकी छन्। शनिबार साँझ मानपुरको वैशपुर भन्ने स्थानमा गाई चराउँदै गरेकी कुमाललाई चट्याङ लागेको थियो।  चट्याङबाट घाइते भएकी कुमालको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले…

    विस्तृतमा पढ्नुस्

  • ​भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा राना निर्वाचित

    काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल भूतपूर्व सैनिक सङ्घको नयाँ नेतृत्व चयन भएको छ।  कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार राति अबेर सकिएको मतगणनाको नतिजाअनुसार पाल्पाका कर्णेल धनबहादुर मास्की राना अध्यक्षमा निर्वाचित भएका छन्। उनले निवर्तमान अध्यक्ष नारायणप्रसाद कोइरालालाई १०८ मत अन्तरले पराजित गरेका मत गणनामा संलग्न प्रतिनिधि योगेश्वर भण्डारीले जानकारी दिए। निर्वाचनमा रानाले २०१ मत प्राप्त गरेका थिए भने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell